दक्षिण एसियाकै राष्ट्रहरुमध्य ेनेपालसँग अनुपम सम्बन्ध भएको भारत संसारकै उदीयमान शक्ति सम्पन्न राष्ट्रको पछिल्लो समृद्धि अकल्पनीय र लोभलाग्दो रहेको छ ।
स्वच्छ भारत र लोभलाग्दो समृद्धिलाई नजिकबाट नियाल्ने मौका यसपटक नेपालका १५ जना सिनियर सञ्चारकर्मीलाई नेपाल स्थित भारतीय राजदूतासवासले जुराइदिएको थियो । वैसाख ३० गते दुई महिला सञ्चारकर्र्मीहरुसँगै अन्य १३ जना सिनियर सञ्चारकर्मीहरु विहान ठीक पौने ११ बजे काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भारतको राजधानी दिल्ली प्रस्थान गरे । सबैको मनमा एक प्रकारको जिज्ञासा र कौतुहलताले डेरा जमाएको थियो । वैसाखको समय प्रचण्ड गर्मीको कल्पना एकातिर थियो भने यससँगै त्यहाँको सँस्कृति, पर्यावरण आदिका विषयमा समेत एक अर्कामा जिज्ञासा उत्पन्न गराउनु स्वभिावक थियो ।
नेपाली सञ्चारर्मीहरुको टोली जब दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान स्थल पुग्दा एकपटक सबै पुलकित भएका थिए । विमान स्थलको भौतिक संरचना, आगन्तुकप्रति गरिने शिष्टता प्रशंसनीय थियो । विमान स्थलबाट पाँचतारे सांग्रिला होटलमा आइपुग्दा ‘ग्रिन दिल्ली’ को आफ्नै विशेषता देखियो । चौडा, व्यवस्थित र चिल्ला सडक । सडकको दुवैतर्फ आकर्षक फूलहरु, विभिन्न प्रजातिका हरिया रुखहरु । लाग्थ्यो जंगलभित्रको सहर हो दिल्ली । स्वच्छता कतिसम्म थियो भने सडकमा कहीँकतै कागजका टुक्रा र पातपतिंगर समेत देख्न पाइदैनथ्यो । सबै कुरा शिष्टममा चलेका थिए । सडकमा ट्राफिक, प्रहरी, विरलै देखिन्थ्यो । सभ्य नागरिकको पहिचान झल्कन्थ्यो ।
नेपाल भारतबीच सुमधुर सम्बन्ध छ–स्वराज
भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपाल भारत बीचमा आज जुन सुमधुर सम्बन्ध छ त्यो यस भन्दा अगाडि कहिल्यै नभएको नेपाली सञ्चारकर्र्मीहरुलाई प्रतिक्रिया दिनुभयो । नयाँदिल्ली स्थित विदेश मन्त्रालयमा नेपाली सञ्चारकर्मीहरुसँगको परिचायात्मक एवम् स्वागतकार्यक्रममा उहाँले त्यस्तो टिप्पण्ी गर्नुभएको थियो ।
त्यसभन्दा अगाडि नेपाली सञ्चारकर्मीहरुको टोलीसँग दुई देशका अन्तरनिहीत विषयमाथि साउथ ब्लकमा महत्वपूर्ण अन्तरक्रिया भएको थियो । नेपाली सञ्चारकर्र्मीको समन्वय गरेर सँगै दिल्ली पुग्नु भएका भारतीय राजदूतावासका द्वितीय सचिव हरिसकुमार, भारत विदेश मन्त्रालयका लाइजन अफिसर हर्ष पाल सिंह, फकरुद्धिन ए अहम्मदले हाम्रो टोलीलाई विदेश मन्त्रालयको साउथ ब्लक पु¥याउनु भएको थियो ।
साउन ब्लकमा विदेश सचिव विजय गोखले , ज्वाइन्ट सेक्रेटेरी पियुस श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपाली सञ्चारकर्मीहरुको टोलीसँग अन्तरिक्रया भएको थियो । नेपाली सञ्चारकर्मीहरुको जिासाको प्रत्युत्तर ज्वाइन्ट सेक्रेटरी पियुस श्रीवास्तवले दिनुभएको थियो । अत्यन्तै शालिनतापूर्वक नेपाली सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तर दिँदै उहाँले भन्नुभयो नेपाल पूर्ण प्रजातान्त्रिक सार्वभौम मुलुक हो । दुवै देशका जनता र सरकारका बीचमा सुमधुर सम्बन्ध रहेको छ । दुवै देशका पिपुल टु पिपुलमा जुन सम्बन्ध छ त्यो अनुकरणीय छ ।
ज्वाइन्ट सेक्रेटरी श्रीवास्तवको कथन थियो अब इतिहास पढेर, इतिहासका कुरामात्र कोट्याएर कुनै पनि मुलुक समृद्ध बन्न सक्दैन । इतिहासप्रति गर्व गरेर अगाडि बढ्नुको विकल्प छैन । दुवै देशको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउन पोलिटिकल सपोर्र्ट हुनुपर्छ । उहाँले थप्नुभयो आज भारतले नेपालको समृद्धिमा कैयौ कामहरुलाई अगाडि बढाएको छ । भारत सरकारकै सहयोगमा नेपालमा रेल्वेको काम भइरहको छ , क्रस बोर्डर, चेकपोष्ट हस्तान्तरको प्रक्रिया अगाडि बढेको छ । काम गर्दै जाँदा केही विलम्ब भयो होला । त्यसका विविध कारणहरु छन् । अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइप लाइनको काम भइरहेको छ, पशुपति धर्मशाला, कालुघाट लगायतका कामहरु भइरहेका छन् । नेपाल, भारत, भुटान, बंगलादेश, यातायातको लागि भारतले पहल गरिरहेको समेत श्रीवास्तवले प्रष्ट पार्नुभयो । इपिजी प्रतिवेदनका सम्बन्धमा नेपाली सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा ज्वाइन्ट सेक्रेटरी श्रीवास्तवले भन्नुभयो त्यो चाँडै नै अध्ययनपश्चात कार्यान्वयन तहमा जान्छ । सन १९५० को सन्धी परिमार्जन गर्नुपर्छ भन्ने कुरा भारतले २००८ देखि नै भन्दै आएको समेत उहाँले प्रष्ट पार्नुभयो ।
सञ्चारकर्र्मीहरुको महत्वपूर्ण कार्य भनेको दुवै देशको पोलिटकल सम्न्धलार्इ समेत बलियो बनाउनु हो । नेपाल भारत सीमा विवादका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो सुस्ता र कालापानीमा केही असझदारी छ अन्यत्र कही सीमा विवाद छैन । नेपाल सरकार ती दई स्थानमा शत प्रतिशत भए मात्र हस्ताक्षर गर्छुु भन्छ । त्यसमा आपसी समझदारी हुनु आवश्यक छ । हाइड्रो पावरका सम्बन्धमा उहाँले भन्नुभयो नेपालमा जलविद्युतको प्रचूर सम्भावना छ । पानी त्यसै बगेर खेर गइरहेको छ । त्यसबाट विद्युत उत्पादन गरे त्यसको सही सदुपयोग हुने थियो । नेपालको संविधानलाई भारतले किन स्वागत गरेन त भन्ने सवालमा उहाँले भन्नुभयो संविधानको स्वागत गर्ने काम नेपाली जनताको हो । भारतले कहिल्यै नेपालको संविधानका बारेमा कुनै प्रकारको टिप्पणी गरेको छैन ।
सिआइआई र ओआरएफमा अन्तरक्रिया
भारतको समृद्धिमा काम गर्दै आएको लगानी गर्दै आएको Confederation of Indian industry का सदस्य एवम् रेल्वे डिभिजन, कल्पतहरु पावर ट्रान्समिसन लिमिटेडका सभापतिले Cii का सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
उहाँले भन्नुभयो बुद्धको देश नेपालमा असंख्यौ लगानीका क्षेत्रहरु छन्, दुवैदेशमा आर्थिक गतिविधि बढोस भन्ने आफूहरुको चाहना रहेको प्रष्ट पार्दै लाइफ इन्सुरेनस, हस्पिटल, रोड, इनर्जी, भौतिक संरचना आदिमा लगानीको सम्भावना रहेको प्रष्ट पाुर्नभएको थियो । Cii सदस्य शोभा आहुजाले भारतीय अर्थतन्त्र सम्बन्धि विस्तृत व्याख्या गर्नुभएको थियो । त्यसैगरी ओआरएफ अर्थात Ideas Foram-leadership-impact का नन्दन युनिकृसन र जोइता भट्टाचार्जीले नेपाली सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको प्रत्युत्तर दिनुभएको थियो ।
इरकान, डिल्ली मेट्रो र अक्षरधाम
दिल्लीमा रहँदा नेपाली सिनियर पत्रकारहरुको डेलिगेट्स भारत सरकारको मातहतमा रहेको रेल्वे मन्त्रालय अन्तर्गतका Ircon International Limited, Delhi Meto Museum र अक्षरधाम समेत पुगेको थियो ।
इराकानका चिफ जेनेरल म्यानेजर सुरेन्दर सिंहले इरकानले हालसम्म गरेका र गर्दै आएका कामहरुको व्याख्खा गर्नुभएको थियो । नेपालमा वथनाहा–विराटनगर रेल्वे र जयनगर–जनकपुर बर्दिबास रेल्वेको काम गरिरहेको र केही समयभित्रै ती आयोजनाहरु पुुरा हुने बताउनुभयो । इरकानले नेपाल, बंगलादेश, मलेसिया, भुटान लगायत दर्जनौ देशहरुम काम गरिरहेको उहाँले जानकारी दिनुभयो । रेल्वे बाहेक नेपालमा अन्यक्षेत्रमा समेत काम गर्दे छ कि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा हाल अन्य क्षेत्रका काम नगरेको तर यस भन्दा अगडि मोरङ्गको बेलबारीदेखि सिराहाको मिर्चैया सम्मको हाइवेको काम गरेको प्रष्ट पार्नुभयो ।
दिल्लीमा सर्वसाधारणका लागि आकर्षक भनेको दिल्ली मेट्रो नै हो । न्यूनतम रु १०देखि बढीमा ६० रुपैयामा यात्रा गर्न सकिने दिल्ली मेट्रोले आम सर्वसाधारलाई यातायातको क्षेत्रमा ठूलो राहत पु¥याएको छ । दिल्ली मेट्रो म्यूजियमका प्रमुख अधिकारी एन.डि.खन्ना भन्नुहुन्छ प्रत्येक दिन मेट्रोबाट सफर गर्ने यात्रुको संख्या सरदर २८ लाखको हाराहारीमा रहेको छ । दश रेक्टर स्केलको भुकम्पबाट पनि संरचनाहरुमा कुनै क्षति पु¥याउन नसक्ने गरी तयार गरिएको मेट्रो रेल चाडै नै अन्य सहरहरुमा समेत विस्तार गरिने प्रमुख खन्नाले बताउनुभयो ।
दिल्लीको प्रमुख र आकर्षक गन्तव्यका रुपमा अक्षरधामलाईसमेत लिइन्छ वैसाख १४ गते अक्षरधामपुग्दासबै सञ्चारकर्मिहरुको मन प्रफूलित भएको थियो । अत्यन्तै कडासुरक्षा व्यवस्थाका साथ मन्दिर हाता प्रेश गर्दा आलौकिक संसारमापै्रवेश गरेके मसुससबैले गरे ।
राजस्थानी मार्वलबाट मात्र निर्माण भएको मन्दिरमा सिमेन्टको प्रयोग कहीँ कतै गरिएको थिएन । प्रत्येक दिन २५ देृखि ३० हजार विभन्धिर्मका व्यक्तिहरु पुग्ने मन्दिरमानाउबाट प्राचीन पूर्वीय संँस्कृतिदेखि आधुनिककला संस्कृति झल्कने कला, मन्दिरभित्रै नाउको सवार र साझ ७ः३० बजे आकर्षक थेटररले सबैको मन लोभ्याउथ्यो । मन्दिर परिषरभित्र तस्विर लिन निषेध गरिएको रहेछ । पछि यसकाकारण थाहा प ाइयो तयो त आतंककारीहरुले थ्रेड गरेका रहेछन् । अनुपम कला, सँस्कृति झल्कने मन्रिि दिल्ली जने जोकोहीले एकपटक नपुगे थकथक मान्नुपर्नेै हुन्छ ।
