सिक्किमको मुख्यमन्त्री पिएस गोले ः चाम्लिङ २५ बर्षे विरासतबाट बाहिरिए

सिक्किम (गान्तोक)÷सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पिएस गोले सिक्मिको नयाँ मुख्यमन्त्री बनेसँगै २५ बर्षसम्म सिक्किम सत्ताको विरासत सम्हालेका पवन चाम्लिङ्ग बाहिरिएका छन् ।
अत्यन्तै जुझारु र सिक्किमे जनता तथा विकासप्रति समर्पित गोलेले मुख्यमन्त्रीको सपथ सोमबार लिनु भएको छ ।  सिक्किमा हालै सम्पन्न विधानसभाको निर्वाचनमा उहाँले नेतृत्व गर्नुभएको सिक्किम क्रान्तिकारी मोर्चा
(एसकेएम) ले २५ बर्ष सम्म छलकपटबाट सिक्किमे जनतालाई भ्रममा पारी एकछत्र शासन गदै आएका पवन चाम्लिङ्गको सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडिएफ) लाई पराजित गरी वहुमत ल्याउनु भएपछि युवा नेता गोलेको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
सिक्किम विधानसभाको कुल ३२ सिट मध्ये एसकेम पार्टीले १७ सिटमा विजयी हासिल गरेको थियो भने २५ बर्षे विरासत सम्हालेका पवन चाम्लिङ्गको पार्टीले १५ सिटमा खुम्चनु परेको थियो । सिक्किमे जनता चाम्लिङ्गको शासनबाट विगतमा समेत सन्तुष्ट थिएनन् । जनतालाइ फोस्रा आश्वासन बाँडेको, रोजगारीको सिर्जना नगरेको, सत्तामा पुग्न  बारम्बार गरिबका घर बनाउने सपना बाँडेको, निर्वाचनका समयमा मात्र एक घर एक रोजगारीको अवधारणा ल्याएर मतदातालाई प्रभावित बनाउने गरेको, केन्द्र सरकारले सिक्किमलाई दिँदै आएको अरबौ रुपैयाँ अनुदानमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै यसपटक सिक्किमे जनताले  पिएस गोलेलाई वहुमत दिएका हुन् ।
सोमबार सिक्किमका राजपाल गंगाप्रसादले हजारौ सिक्किमेली जनताका अगाडि पाल्जोर स्टेडियममा सपथ ग्रहण
गराउनु भएको थियो । चुनावमा अनेकौ तिक्डम गरेपनि नमिठो पराजय भोगेपछि पवन चाम्लिङ्गले आइतबार अमिलो अनुहार बनाएर राजीनामा दिएका थिए । सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पिएस गोले सिक्किमका छैठौ मुख्यमन्त्री हुनुहुन्छ । सपथग्रहणमा मुख्यमन्त्री गोलेसँगै सिक्किमका अन्य मन्त्रीहरुले समेत सपथ लिएका थिए । मन्त्री मण्डलका अन्य सदस्यहरुमा कुंगा निमा लेप्चा, सोनाम लामा, बेदुसिंह पन्त, डा. मणिकुमार शर्मा, अरुणकुमार उप्रेति, साम्डुप लेप्चा, लोकनाथ शर्मा, कर्मा लोडे भोटिया, मिङ्मा नर्वु शेर्पा, भीमहाङ्ग सुब्बा र सञ्जित पोख्रेल रहनुभएको छ । हाल अन्यको जिम्मेबारी भने तोकिएको छैन । चाँडै नै उहाँहरुको जिम्मेबारी तोकिने सिक्किम क्रान्तिकारी मोर्चाका जिम्मेवार कार्यकर्ता केपी देवकोटाले बताउनुभयो ।
सपथग्रहणमा आÏनो संक्षिप्त प्रतिक्रिया दिँदै नव नियुक्त मुख्यमन्त्री पिएस गोलेले भन्नुभयो सिक्किमे जनताको सपना पूरा गर्नु मेरो पहिलो प्राथमिकता हो । निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता आÏनो पहिलो प्राथमिकता रहेको र समृद्ध सिक्किमका लागि आफू सदैव लागि पर्ने उहाँले बताउनुभयो । सिक्किममा भोटे–लेप्चा, नेपाली, व्यापारी सबैको एकता अपरिहार्य छ । उहाँले विपक्षी दलप्रति कुनै टिप्पणी गर्नुभएन । जनताको विश्वासलाई कायम राख्ने प्रष्ट पार्नुभयो । यहाँ स्मरणीय कुरा के छ भने आज भन्दा २६ बर्ष अगाडि पूर्व मुख्यमन्त्री पवन चाम्लिङ्गले नरबहादुर भण्डारीको पार्टीबाट अलग हुँदा शिक्षण पेशामा रहनु भएका पिएस गोलेलार्इ पनि साथैमा लिएर सिक्किम प्रजातान्त्रिक मोर्चाको गठन गरेका थिए । अर्थात मुख्यमन्त्री गोले एसडिएफ पार्टीका संस्थापक समेत हुनुहुन्थ्यो । शिक्षण पेशाबाट
राजनीतिमा आएको भन्दै तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले गोलेलाई शिक्षण पेशाबाट बर्खास्त गर्नुभएको
थियो । त्यसबेला गोले सिक्किमको याङ्गसुम विद्यालयको शिक्षक हुनुहुन्थ्यो ।
नव गठित एसडिएफ पार्टीभित्र पिएस गोले अन्य सदस्य भन्दा अन्त्यन्तै प्रभावशाली मानिनुहुन्थ्यो । उहाँको वाक पटुता, सर्वसाधाणप्रतिको आत्मीयता, काममा प्रतिबद्धता जस्ता कारणले सन् १९९४ को विधान सभाको निर्वाचनमा उहाँ अत्याधिक मतले विजयी हुनुभयो । चाम्लिङ्ग सरकारको पहिलो मन्त्री मण्डलमा गोले पशुपालन, धर्म र उद्योग मन्त्री बन्नुभयो  । उहाँले उक्त जिम्मेवारी चाम्लिङ्ग सरकारको मन्त्रीमण्डलमा दुई पटक सम्हाल्नु भयो । तर चाम्लिङ्गको संकीर्ण सोच, सिक्मिमको विकासप्रतिको उदाशीनता, हैकमवादी पवृत्तिका कारण दुवैमा खटपट शुरु भयो । चाम्लिङ्गले गोललाई गाई वितरणमा धाँधली गरेको भन्दै पार्टीबाट मात्र निश्कासन गरेनन् अदालतमा मुद्दा समेत दायर गरे ।  अदालतले समेत शक्तिको आडमा गोलेलाई एक बर्षको कारावासको सजाय दियो । त्यसपछि पिएस गोलेले आफ्नै नेतत्वमा चाम्लिङ्ग सरकरको ज्यादतिका विरुद्ध सिक्किम क्रान्तिकारी मोर्चाको गठन गर्नुभयो र आज त्यही मोर्चाले पवन चाम्लिङ्गलाई सत्ताबाट विमुख
गराइदिएको छ ।

तपाईको प्रतिक्रिया