धरान ÷पाचथरको मिक्लाजुङ गाउपालिका वडा नं. ३ आरुबोटेमा दुई परिवारको नौ जनाको हत्या भएपछि आक्रोसित आफन्तले सत्यसत्य छानविन गरी कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका छन् ।
सोमबार राती हत्या गरिएका नौ जना र झुण्डिएको अवस्थामा भेटिएका एकजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पोष्टमार्टमका लागि ल्याउने क्रममा आएका आफन्तहरुले यस्तो बताएका हुन् ।
घट्नामा प्रहरीले झुण्डिएको अवस्थामा भेटिएका फियाक परिवारका ज्वाई भनिएका मानबहादुर माखिमले हत्या गरी आत्मा हत्या गरिएको आशका गरिरहेको बेला स्थानीयहरुले भने माखिम एक्लैले त्यत्रो नौ नौ जनाको हत्या गर्न नसक्ने घट्नामा अरुको समेत संलग्नता रहेको भन्दै यो घट्नालाई तुहाउन खोजिए प्रतिकारमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।
केही आफन्तले भने एक हप्ता अगाडि घटाइएको सीसा काण्डसम्म पनि जोडेका छन् । आफन्त मिसक फियाकले ज्वाई मानबहादुर सहित स्थानीय चन्द्र कुरुङवाङ र सुनिल फियाकले सोही परिवारलाई खानामा नुनसंग सीसा मिसाएको घट्नालाई प््रहरीले सुक्ष्मरुपमा अनुसन्धान गरेको भए अहिलेको घट्ना नघट्ने बताउनुभयो । वैसाख ३० भएको सो घट्ना लगत्तै एकसाता अर्थात जेष्ठ ६ गते सो घट्ना घटेको बताउदै उहाले त्यसबेला किटानी जाहेरीका साथ मिक्लाजुङको इलाका प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि प्रहरीले त्यसलाई गम्भीरतापूर्वक नलिएका कारण यो घटना घटेको बताउनुभयो ।
स्थानीयका अनुसार मनबहादुर र उनकी श्रीमतिबीच खटपट पैदा भएपछि सीसा काण्ड र हत्याकाण्ड भएको बताएका छन् । श्रीमति मनकुमारी माखिम फियाकसंग पारपाचुके समेत गरेका मानबहादुरको श्रीमति र ससुरालीसंग रुष्ट भएका कारण यो घट्ना घटिएको हुनसक्ने भएपनि उनी एक्लैले सम्भव हुन नसक्ने दाबी उनीहरुले गरे । मिक्लाजुङ गाउपालिका वडा नं. २ आरुबोटेका वडाअध्यक्ष हस्तराज फियाकले यो घट्नाले सबैलाई त्रासदी फैल्याएकोले सुक्ष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाले घटनामा प्रहरीले आशंका गरेको व्यक्ति सही पनि हुन सक्छ र अरुले पनि घटना घटाएको हुनसक्छ यस सम्बन्धमा प्रहरीले गम्भीरतापूर्वक छानविन गर्नुपर्ने बताउनुभयो ।
सोमबार भएको घट्नामा दुई परिवारका ७४ बर्षीय बमकुमार फियाक, उनकी श्रीमति ७१ बर्षीया फर्सिमिया फियाक, ३१ बर्षीय छोरी मनकुमारी फियाक माखिम, जेठी सासूकी १३ बर्षीया छोरी श्रेया फियाकको मृत्यु भएको थियो भने अर्का परिवारका ४१ बर्षीया धनराज शेर्मा, उनकी ३६ बर्षीया श्रीमति जस्मिता शेर्मा, १३ बर्षीया नातिनी युवाना शर्मा, ६ बर्षीया मुना शेर्मा र ८ बर्षीया इच्छा शेर्माको खुकुरी प्रहारबाट मृत्यु भएको थियो भने १२ बर्षीया सीता खजुम भने भागेर बाच्न सफल भएकी थिइन् । हत्यामा संलग्न भनी आंशंका गरिएका ज्वाई मिक्लाजुङ ७ का ज्वाई मानबहादुर माखिम भने झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुको पोस्टमार्टमका लागि गत मंगलबार साझ बीपी कोइराला स्वास्थ्य विज्ञान ल्याइ पु¥याए पनि बुधबारमात्र मोस्टमार्टम भएको थियो । पोष्र्टमार्टमपश्चात उनीहरुले शव बुझेका छन् । मृतकको दाहसंस्कार विहीबार लिम्बुसंस्कार अनुसार पाचथरमै भएको थियो ।

