धरानमा छुराका घट्ना बढ्न थाले

धरान÷मुलुकमा अहिले अपराधका घट्ना दिनप्रतिदिन बढ्दै जान थालेका छन् । हतियार प्रयोग गरी हत्या गर्ने तथा गम्भीर घाइते बनाउने घट्ना धेरै नै सार्वजनिक हुन थालेका छन् ।
धरानमा पनि यस्ता घट्ना अहिले दिनप्रतिदिन बढ्न थालेका छन् । आइतबार धरान १ पुरानो अस्पतालमा धरान १४ का नरेश मगरलाई हतियार प्रहार गरी सख्त घाइते बनाएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको घट्ना सेलाउन नपाउदै सोमबार साँझ धरान १३ जानकी चोकमा समेत यस्तै प्रकारको घट्ना  भएको छ । त्यहा एक व्यक्तिले आफ्नै श्रीमतिलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाए । यदि त्यहा समयमा टोलसुधार समितिका सदस्यहरुले नियन्त्रणमा नलिएको भए श्रीमतिको ज्यान नै जान सक्ने थियो । समितिका सदस्यहरुले  यो खबर पाउनासाथ श्रीमतिमाथि हतियार प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइ  प्रहरीलाई बोलाएर जिम्मा लगाए ।
तेह्रथुम म्यालुङ घर भएर्का  हेमचन्द्र लिम्बूले श्रीमति ३२ बर्षिया ललिता लिम्बुमाथि छुरा प्रहार गरेका थिए  । ढाड र छातीमा छुरा प्रहार गर्ने लिम्बुलाई अहिले प्रहरी नियन्त्रणमा लिएको छ भने श्रीमति ललिताको
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।
प्रहरीका अनुसार ललिताका श्रीमान् भने स्थायी घर म्याङलुङमै बस्दै आएका थिए । सोमबार पसलमा सामान खरीद गर्न उनी धरान झरेका थिए । सोही क्रममा   हेमचन्द्रले छुरा प्रहार गरेको बताइएको छ । छुरा किन गरेको भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया