धरान÷भारतको लोकप्रिय च्यानल जिटिभीमा सञ्चालित रियालिटी सो सारेगमप लिटल च्याम्पमा टप नौमा पुग्न सफल इटहरीका बाल गायक प्रितम आचार्यलाई जिताउनका लागि अभियान शुरु गरिएको छ ।
यसै क्रममा धरानका फुटबल क्लबले धरानबाट यो अभियान शुरु गरेको छ ।क्लबले शनिवार बराह किचनमा पत्रकार सम्मेलन गर्दै प्रितमलाई जिताउन ५० हजार रुपैया सहयोग गर्ने जनाएको हो ।
क्लबका अध्यक्ष एमव् एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले प्रितमको गायन क्षमाले भारतको लोकप्रिय च्यानल जिटिभीमार्फत प्रसारित सारेगमप लिटिल च्याम्पमार्फत संसारभर नेपाललाई चिनिएकोले उनलाई जिताउन सके यो शान अझै बढेर जाने भएकोले फुटबल संघमार्फत् अभियानलाई व्यापक बनाउन शुरु गरिएको बताउनुभयो ।
सोही अवसरमा बोल्दै संगीत साधना प्रतिष्ठान इटहरीका सचिव राजु केसीले नेपाली बालबालिकाले समेत भारतका बालबालिकासंग प्रतिष्पर्धा गर्नु चानचुने कुरा नभएको बताउदै प्रितम रोलमोडल भएको बताउनुभयो । नेपाल विश्वमा चिनाउने यस्ता बाल गायकलाई आफ्नो तर्फबाट पनि सहयोग गने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रितमलाई जिताउन क्लबले थालनी गरेसँगै धरानमा सवै पक्ष अहिले प्रितम जिताउ अभियानमा जुटेका छन् । सोही कार्यक्रममा धरान संगीत प्रतिष्ठानका सल्लाहकार रमेश राई र बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले पनि प्रितमलाई सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
