घण्टाघरबाट हेर्दा

झ्याम्मै पड्काएछन्
इटहरी उपमहानगरपालिकाका मेयर वडो मापाकै रै’छन् । भ्रष्ट कर्मचारी र ट्याउँ ट्याउँ बोल्ने सञ्चारकर्मीहरुलाई देख्नै नहुने । भ्रष्ट कर्मचारी देख्यो भने हात र लात दुवै चलाउने अनि सञ्चारकर्मी देख्यो कि सल्यात्त पारेर लोपारिदिने । भ्रष्टहरुसँग हात नमिलाउनेमात्र होइन मुखै हेर्दैन रे । अब हेरम न गोडा सातेक दिन अगाडि मेयरचौधरी साहवले एक जना वडा सचिवलाई आफ्नै कार्यकक्षमा बोलएर कठालो अँठ्याएर ताजन दिएछन् । आÏना सहर्मीहरुमाथि हातपात गरेको अरु भ्रष्ट कर्मचारीहरुलाई चित्त बुझ्ने कुरै भएन । भ्रष्टाचार गर्न नपार्ए डावाडोल हुने देखेर कर्मचारीहरु नाराबाजी गर्दै आन्दोलनमा उत्रिए । नारद प्रवृत्तिका सञ्चारकर्मीहरु चौधरी साहवलाई खोज्दै कार्यालय पुगेर प्रश्नको विस्कुनै लगाएछन् । प्रश्नबाट हैरान भएर तिन्ले त सञ्चारकर्र्मीलाई सोल्यात्त सोल्यात्त लोपारिदिएछन् । आफू थारुको बच्चा हो, भ्रष्टाचार गर्नेलाई फूलमाला लगाएर स्वागत गर्नु त भन्ने जवाफ सुनेसी सञ्चारकर्मीहरु सेन्टिफ्लाट †
हुदै हुदैन रे
नेक्पाका माकुन्याउ बडो चतुर आदमी हुन् । अस्तिका दिन तिन्ले आफ्नै पार्टीका अध्येक्षे माने पर्धानमन्तरीलाई पनि कडै किसिमको आरोप लगाएछन् ।  मााकुन्याउलाई कुनै कुरा चाहिया छ भने कुनै प्लेटफर्ममा उभिएर खप्रओलाई आरोप लगाइहाल्छन् । नपाउनज्याल उनी त्यसैगरी उफ्रिरहन्छन् । उफ्राइ पनि सानो तिनो हो र ? भुइँ नै छोडर बुरुक्क बुरुक्क उफ्रन्छन् । यतिबेला माकुन्याउलाई खै के चाहिया हो कुन्नि तर उफ्रनचाहिँ गजबले थाल्या छन् । खप्रओको सरकार रहुन्ज्याल नेपालमा कुनै विकास हुँदैन रे माकुन्याउले भन्या । यति बोलेसी बातै खलास । अब माकुन्याउका कुन मान्छेलाई कहाँ जिएम बनाउनु पर्ने हो, कताबाट माने टकनटाक ठामबाट मालदार मन्त्रालयमा, विभागमा सार्नुपनैै हो त्यो अब फटाफट हुन्छ । जे होस माकुन्याउको आइडियालाईचाहिँ मान्नैपर्छ ।
अमनलालको धन्दा
विजुलीका कुलमान र टापन टिपन सांसद अमनलालको यसपालि राम्रै जुहारी चल्यो । काम गरेर दखाउने र हल्ला गरेर रमाउने बीचको जुहारीले धेरैका कन्सिरी रन्किए । छलकपट गरेर दुई कौडीका अमनलालले विजुलीका कुलमानलाई अरबौ खाएको ठोकुवै गर्देछन् । उता कुलमानले आफूले एक पैसो कही खाएको भए टुँडिखेलमा आत्महत्या गर्ने वाचै गरेछन् । अब परेन फसाद । एकातिर नटवरलाल अमानलाल अर्कातिर लोडसेडिङ्ग स्वात्तै घटाएर विजुली दिने कुलममान को ठीक भनेर छुट्याउनै गाह«ो । जे होस् जन्ताले कुलमानलाई साथ दिए । मोरङ्गमा दुई चार जना लठैत उचालेर गोडा पाँचेक लाख बार्गेनिङ्ग नदिएको झोकमा अमनलालले त्यसो गरेको गाइगुई हल्ला आयो । सांसद जस्तो मान्छे जातै फाल्नु पर्दा पनि किन गुन्द्रुकको झोलमा फाल्न खोज्या होलान् ? विनिासकाले विपरीत बुद्धि भन्या यही हो ।
खप्रओलाई दनक
हाम्रा पर्धानतरी खड्गप्रसाद ओली उर्फ खप्रओलाई चीनले अस्तिका दिन राम्रैसँग दनक दिएछ । चीनबाट रेल ल्याउने भाषन ठोक्दै नेप्लिजलाई थाङ्नामा सुताउदै आएका उनी अस्तिका दिनदेखि खग्रङ्ग प¥या छन् । चिनियाँ राजदूतले चीनबाट नेपालमा रेल ल्याउनु मजाकको कुरा हैन भन्दिछन् । संसारकै सबैभन्दा अप्ठेरो ठामबाट रेल ल्याउन दशै बर्षलाग्छ भन्दिछन् । अहिलेसम्म यस सम्बन्धम कुनै अध्ययन नै नभएको पनि उन्ले ठोकुला गर्दिछन् । खुट्टा उचालेर बस्नु रेल चीनबाट गडगडाएर आउँछ भनेर गोयल्सवादी हल्ला पिटाउदै आएकाहरु यतिबेला ख्रग्रङ्ग प¥या छन् । तिन्का ओठ मुख सक्या छन् । अब हाम्रा खप्रओले चीनबाट रेल ल्याउछु भनेर भाषन गर्छन कि गर्दैनन् ? अब त के गर्लान् र खै ? जसले ल्याइदिनु पर्ने हो उसैले चीनबाट रेल ल्याउनु मजाक होइन भन्देसी कसरी अब रेलका कुरा गर्लान् र ?
हुस्सुहरु
नेपालका कम्युनिस्टहरु साह«ै ु्हुस्सु रा’न । भर्खरै भारतमा लोकसभाको चुनाउ भयो । परिनाम आयो तर नेपालका कम्निष्टहरु उत्पात खुशी भए । भोज भतेर गरे । नाचगान गरे । नेपालका कम्निष्टहरु यतिविघ्न किन खुशी भा’ होलान् भनेर घण्टाघरलाई खुल्दुली
भयो । खुल्दुली हुनु स्वाभाविक पनि हो ।  यसो पछि गुह्य कुरा बुझ्दै गएको त वात त अर्के रै’छ । उनीहरु भारतमा काँग्रेस आइ नमज्जाले हारेकाले खुशी भा’रैछन् । काँग्रेस हार्दा तिनलाई किन मज्जा आएको होला ? भाजपाले जित्यो भनेर खुशी मनाएको भए पनि एउटा
कुरा । काँग्रेस हार्दा पो खुशी भा’रैछन् । हे नेपालमा मन्द बृद्धि भा’का कम्निष्टहरुको हो आÏना जातभाईको अलिकति ख्याल
राख्नु पर्दैन ? लोकसभाको निर्वाचनमा भारतमा कम्निष्टहरु त सिनित्तै भए । भोलि यहाँ हामी पनि सनित्तै हुन्छौ भन्ने सोच ख्वै ? हुस्सुहरुको दिमाग देखेर घण्टाघरलाई दया लाग्न थाल्या छ ।
का“ग्रेसको छाया“ सरकार
नेप्लिज लाँग्रेसले अस्ति नै छायाँ सरकार बनायो रे । कसैले देख्दै नदेख्ने, जन्ताका काम पनि नगर्ने, विकासका कुनै काम पनि गर्नुपर्ने छाया सरकार ताइन तुईकै हुदो रै’छ नामै छायाँ सरकार † न राज्येबाट भत्ता हसुर्न पाउँछ, न घोडा गाडीको सुविधा हुन्छ,  न आवासको व्यवस्था हुन्छ न प्रहरीको सलाम ठोक्छ न प्रशासनले पत्याउँछ । यस्तो बेकामे सरकार माने छायाँ सरकार गठन गरेर लाँग्रेसले के बहादुरी देखाएको होला ? छायाँ सरकार गठन गर्न पनि लाँग्रेसले माथापच्चि नै गर्नुपरेछ । पद भनेसी
हिरिक्क हुने लाँग्रेसको प्रवृत्ति छायाँ सरकार गठनमा पनि राम्रैसँग देखिएछ  कोही गृहेमन्त्री बन्न दैनिक बुडाढानिलकण्ठ दरबार सम्म मर्निङ्ग वाक ग¥या थे रे, कोही बुढानिलकण्ठकी कजिनी साहेवलाई फलफूल बोकेरै पुग्ने गरेका थिए रे । स्यालबहादुरको समिप र काजिनिको सिफारिस नभएसम्म छायाँ सरकारमा समेत नो चान्स । पद भनेसी ¥याल चुहाउने तर संगठन भने नगर्नेहरु छायाँ सरकारमा सामेल भा’छन् रे । क्या गज्जब छ । खप्रओले पाँचबर्षपछि काँग्रेस मुक्त नेपाल बनाउने पो हुन कि ?
जादवको घुर्की
स्वास्थ्ये मन्तरी उपिन्द्र जादवको यतिबेला घुर्की शुरु भएको छ । पत्रकारले प्रश्न सोध्दा अक्क न बक्क भएर धोती अँठ्याएर लख्रक लख्रक बाहिर निस्केका जादव हिजो आज सरकार छोड्ने धम्की दिन थाल्या छन् । छोड्नेले हल्ला गरिरहँदैन, त्यही सत्तामा बसेर गनगन र बाजा बजाइरहँदैन । काले गए गोरे आउँछन् । वित्थाँ किन घुर्की लगाइरा’ । सत्तामा पुग्न पर्धानमन्तरी खप्रओसँग निगुरमुन्टी भएर सेटिङ्ग ग¥या कस्लाई थाहा छैन । संविधान संसोधन गर्ने शर्तमा सत्तामा गएको भनेर फलाकेर किन आफ्नै हुमर्त लिएका होलान् उपिन्द्रले । सत्तामा बस्न राजपाले कम्ता मेहनत गरेन । पाएको सत्ता उपिन्द्रले छोड्लान भनेर कस्ले पो विश्वास गर्छ र ?
अन्तेमा
नेप्लिज लाँग्रेसले यतिबेला मुलुकभरि जनजागरन अभियान चलाउँदै छ । जन पनि कम जागरन पनि कम भा’को अभियानमा जनहरुलाई भेला गर्नुपर्नेमा लाँग्रेसभित्रै अपाच्य अनुहारहरु बोलाउनु सोलाउन लिँडे पुच्छर डोलाउको शैलीमा
उपरखुट्टी लगाएर मञ्चमा ठँसठँस्ती कनेर बस्छन् । जनहरुलाई वास्तै गर्देनन् । अस्तिका दिन अभियानलाई भाषन सुनाउन महेश आचार्य
धरानमा दौडिएर आए । उनले वर्तमान सरकार र खप्रओलाई भक्कु गाली गरे । खप्रओका कारन गनतन्त्र धरापमा प¥यो रे, प्रेस स्वतन्तत्रा हनन हुन लाग्यो रे । अरु के के जाति हो के के जाति फलाकेको फलाकै गरे । अभियान नियाल्न गएका २५–५० सेकहरु जिल खाए । के के न
लछारपाटो लगाउलान् भन्या त भक्कु गाली गरेर फर्किए रे । अब लाँग्रेसले कसो गर्ने, कसो गर्दा जन्ता र देशको हित हन्छ भन्ने. कुरा त कसैले  गरेनन् । भक्कु गाली गर्न नै जनजारन रै’छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया