धरान÷ स्थानीय स्तरबाट खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेली पदक जित्ने खेलाडीलाई गत बर्षदेखि ‘धरान बर्ष खेलाडी’को रुपमा सम्मानित गर्दै आएको छ भने यस बर्षदेखि पूराना तर ओझेलमा परेका खेलाडीलाई ‘अनसिन हिरो अफ धरान’ बाट सम्मानति गर्ने कार्यको थालनी गरेको छ ।
०७४ सालदेखि शुरुवात गरेको यस कार्यक्रम अन्तर्गत यस बर्ष गल्फ खेलाडी शुक्रबहादुर राईलाई ‘ धरान बर्ष खेलाडी ०७५’ घोषणा गर्दै नगद १ लाखसहित प्रमाणपत्र र ट्रफी प्रदान गरियो । यसै गरी पुराना खेलाडी धरानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा टेबलटेनिस खेलबाट योगदान पु¥याएको भन्दै पूर्व खेलाडी गीता थापा मगरलाई ‘अनसिन हिरो अफ धरान ०७५’ को उपाधिबाट सम्मान गर्दै नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरियो ।
धरान उपहानगरपालिकाको नगर खेलकुद विकास समितिले छनौट समिति नै बनाएर कराते, तेक्वान्दो, फुटबल, गल्फ, टेबुलनेनिस लगायतका खेलमध्येबाट एक जनालाई सम्मान गरिने गरिएको छ । यस बर्ष सम्मानका लागि करातेबाट २१, तेक्वान्दो, गल्फ, बक्सिङ, टेबुलटेनिसबाट एक÷एक गरी १७ जनाको नाम सिफारिस भए पनि छनौट समितिले गल्फ खेलाडी राईलाई सम्मानित गरेको हो । गत बर्ष भने फुटबलबाट धरानका खेलाडी रोमन लिम्बुलाई धरान बर्ष खेलाडीको उपाधि प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले धरान उपमहानगरपालिकाले शुरुवात गरेको बर्ष खेलाडी र अनसिन हिरो अफ धरान सम्मान कार्यक्रमले खेलाडीको मनोबल उच्च भएको बताउनुभयो ।
यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष एवम् धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले राज्यले अब नीति बनाएर व्यवसायिक खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले खेलाडीको प्रोत्साहनका लागि धरान उपमहानगरपालिकाले शुरुवात गरेको सम्मानले पक्कै पनि खेलाडीमा उत्साह थपिने बताउनुभयो । उहाले खेलाडीको प्रोत्साहनसंगै खेलमैदान निर्माणमा अब धरान उपमहानगरपालिका लाग्ने बताउनुभयो ।
सम्मानित हुने खेलाडीमध्ये गल्फर राई नेपालको नं. १ गल्फर खेलाडी हुनुहुन्छ भने विश्वमा ९०३ नम्बरका खेलाडी हुनहुन्छ । यस्तै पूर्व टबुल टेनिस खेलाडी थापा मगरले भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा दर्जनभन्दा बढी उपाधि हासिल गर्नुभएको खेलाडी हुनुहुन्छ ।
गोर्खा डिपार्टमेन्ट स्टोर धरान शाखाको हलमा भएको कार्यक्रममा खेलाडीहरुलाई धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले नगदसहित सम्मान गर्नुभएको थियो । सोही अवसरमा भण्डारीले धरान उपमहानगरपालिकाले ६० प्रतिशत पूर्वाधार खेल विकास र ४० प्रतिशत खेलाडी उत्पादनमा जोड दिने नीति धरान उपमहानगरपालिकाले लिएको बताउनुभएको थियो ।
कार्यक्रमको सभापतित्व नगरखेलकुद विकास समितिका अध्यक्ष सुवास राईले गर्नुभएको थियो भने सञ्चालन सदस्य विकास चाम्लिङ राईले गर्नुभएको थियो ।
त्र

