आर्थिक अभावका कारण उपचारमा कठिनाई

धरान÷ खर्चको अभावमा एक दलित परिवारका ७ बर्षीय बालकको उपचारमा कठिनाई भएको छ ।
संखुवासभाको चैनपुपर नगरपालिका वडा नं ६ का ७ बर्षीय सागर बयरकोटीको १४ महिनाको उमेरदेखि नै दुवै मृगौलामा समस्या देखिनुका साथै मुटुमा समेत समस्या देखिएपछि चिन्तामा डुबेको बयरकोटी परिवारले उपचारका लागि दाताको खोजीमा धेरै ठाउ चाहर्नुका साथै आफ्नो पुख्र्यौल सम्पति समेत बेचेर घरबारविहीन हुनुपर्ने बाध्यता  भएको परिवारले जनाएको छ ।
आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा वार्डमा भर्ना भएका ती बालकलाई सहयोगी दाताहरुले दिएको रकम पनि सकिएपछि अझ समस्या उत्पन्न हुदै गएको आमा कमला  बयरकोटीले बताइन् । उनले समस्या देख्नेवित्तिकै काठमाण्डौमा आफन्तसग सम्पर्क गरिन् । काठमाण्डौमा बसोेबास गरेका संखुवासभाका सर्वसाधारणले उपचारमा  केही सहयोग पु¥याएका उनी बताउछिन् । काठमाण्डौका शिक्षण अस्पतालमा उपचार हुदा ५ लाख रुपैया भन्दा बढी उपचारमा खर्च भएको आमा कमला बताउछिन् । आर्थिक अभावकै कारण छोराको उपचार गर्न नसकेपछि श्रीमान धनबहादुर बयरकोटीले गत पौष महिनामा आत्मा हत्या गरेको उनी सुनाउछिन् ।उनले भनिन्–‘आर्थिक अभावका कारण छोराको उपचारमा जायजेथा त सकियो सकियो श्रीमान्ले समेत आत्मा गरे,यसले आफूलाई ठूलो बज्रपात परेको छ ।’
समस्या देख्नेवित्तिकै पौषमा ती बच्चालाई बीपीको आइसियुमा राखिएको उनी बताउछिन् । रकम अभावकै कारण छोरालाई आइसियुबाट निकाल्ने वित्तिकै श्रीमानले आत्माहत्या गरेको उनी सुनाउछिन् । उनी भन्छिन्–श्रीमानले आत्माहत्या गरेपछि र भएको जायजेथा समेत सकिएपछि  अहिले घरको न घाटको भएको छु, मलाई ठूलो बज्रपात परेको छ ।’
उपचार खर्च अभावकै कारण चिकित्सकले भनेको समयमा छारालाई उपचारमा लैजान नसक्दा झन समस्या बढेको उनी सुनाउछिन् । घरवारविहीन अवस्थामा पुगेकी कमला बस्ने ठाउ समेत नभएपछि धरान २ गीता मन्दिरमा आएर बस्दै सबैलाई सहयोगका लागि अनुराध गर्दै आएको बताउछिन् ।
अहिले भने उनलाई केही सहयोग भने मिलेको छ । संखुवासभा सनसरी सरोकार समाजले पटक पटक गरेर ३५ हजार ९ सय रुपैया सहयोग गरेको छ भने प्रतिष्ठानमा निःशुल्क उपचारका लागि पहल गरिरहेको संखुवासभा सुनसरी सरोकार समाजकी सल्लाहकार शिला बज्राचार्यले बताइन् । उनले भनिन्–‘हामीले डाइरेक्टर अफिसमा गएर बच्चाको निशुल्क उपचारका लागि पहल गरेका छौं, डाइरेक्टरले समेत गरिदिने आश्वासन दिनुभएको छ, यति भयो भने बच्चाको उपचारमा धरै सहयोग पुग्छ ।’
यता बालरोग विशेषज्ञ डा. अरुण सिंहले समेत आर्थिक अवस्था कमजोर भएका ती बालकका लागि सहयोग गर्न आफू लागि परेको बताए । उनले विगता समेत धेरै यस्ता केशहरुमा सहयोग गरेको बताए । उनले या बच्चाको उपचारमा सहयोगका लागि पहल गर्ने बताए ।
आर्थिक अभावका कारण एकमात्र छोराको उपचार गराउन नसक्नु, श्रीमानले आत्महत्या गर्नु र आफ्नो जायजेथा समेत उपचारमा खर्च भएपछि उनीमाथि ठूलो बज्रपात परेको छ । उनले आफ्नो एक मात्रा सहारा  छोरालाई बचाइदिन सबैसंग आग्रह समेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया