धरान÷ संंसदमा पेश गरिएको मिडिया काउन्सिल विद्येयक सञ्चारक्षेत्रमा काम गर्ने सञ्चारकर्मीको स्वतन्त्रतामाथि अंकुश लगाउने नियतले वर्तमान सरकारले ल्याएका भन्दै देशभरका सञ्चारकर्मी आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघको सर्कुलर अनुरुप देश भरका स्थानीय तहमा कालोपट्टी बाधेर विरोध समेत जनाए् । यसै नेपाल पत्रकार महासंघ सुनसरीले समेत धरान उपमहानगरपालिका, इनरुव नगरपालिका र इटहरी उपमहानगरपालिका अगाडि कालोपट्टी बाधेर विरोध जनाएका छन् । वैसाख २६ गते पेश गरिएको यो विधेयकले सञ्चार क्षेत्रलाई कुण्ठित बनाउने अभिप्रायले वर्तमान सरकार्ले ल्याएको भन्दै यसको विरुद्धमा आन्दोलन चर्काउनुपर्ने बताएका छन् । स्थानीय तह अगाडि कालो पटि बाधेर विरोधमा उत्रिएका सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, सञ्चारमन्त्री गोकुल बास्कोटा राजीनामा दे लगायतका नारा समेत लगाएका थिए । सो अवसरमा बोल्दै सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बाले प्रसलाई अंकुश लगाउनु भनेको सञ्चारकर्मीमात्र हैन, सर्वसाधारण जनता, राजनैतिक दल लगायतले पाउने सूचनामा अंकुश लगाउने काम भएको बताउनुभयो । उहाले वर्तमान वहुमत प्राप्त कम्प्युनिष्ट सरकारले सञ्चारक्षेत्रलाई अंकुश लगाउन ल्याएका विरोधप्रति खुलेर विरोध गर्नुपर्नेमा जाड दिनुभयो । उहाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि शाही काल, पञ्चायतकालमा जस्तो तानाशाही तरिकाले विधेयक आउनु प्रजातन्त्रमाथि प्रहार भएको बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले सञ्चारकर्र्मीले लोकतन्त्र स्थापनाका लागि ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । उहाले संघीय संरचनासंगै मुलुकमा गणतन्त्रमा प्रवेश
गरेपछि सरकारले सञ्चारमैत्री वातावरण तयार पार्ला भन्ने सोचेको भए पनि विगतमा सञ्चारकर्मी न रहेका अहिलेको गोकुल बास्कोटाकै सरकारले विधेयक ल्याउदा या सरकारको नियतमाथि शंका गर्नुपर्ने प्रशस्त ठाउ भएको बताउनुभयो ।
उनीहरुले यो विधेयक खारेज नहुन्जेल निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रम अनुरुप जेष्ठ ३ गते जेष्ठभरका जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार सामाग्री सहित धर्ना दिन कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलनको कार्यक्रमसमेत तयार पारेका छन् ।
