ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु

उदयपुर÷सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको  ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्रिपरका सह–चालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने बर्ष २० को लीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका–५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनिने अन्दाजी बर्ष २५ को पुरुष ब्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने बर्ष ४० को हर्क बहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया