चक्कु प्रहारबाट १ जनाको मृत्यु

धनकुटा÷धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेक माझगाउँमा आइतबार चक्कु प्रहारबाट १ जनाको मृत्यु भएको छ ।  बिहान साढे ४ बजेको समयमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका–२ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिसको आवेगमा सन्तोषलाई धारिलो हतियार चक्कुले प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मारेकटहरेबाट प्रहरी टोली खटि गई चक्कु प्रहार गर्ने लिम्बुलाई चक्कु सहित पक्राउ गरी थप अनुसन्धान भईहेको उक्त कार्यालयले जनाएको छ

तपाईको प्रतिक्रिया