सुनसरीको ईटहरी उपमहानगरपालिका–२ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।
आईतवार राती ८ बजेको समयमा स्थानीय ४९ बर्षीय ध्रुब बि.क. खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
