यस बर्ष पनि धरान बर्ष खेलाडीलाई सम्मानित गरिने

धरान÷  खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान उपमहानगर नगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समतिले यस बर्ष पनि
धरानका एक जनालाई बर्ष खेलाडीको रुपमा नगद एक लाखसहित सम्मानित गर्ने भएको छ ।
०७४ देखि शुरु गरिएको ‘धरान बर्ष खेलाडी’ को सम्मान कार्यक्रम यो बर्ष पनि जेष्ठ १० गते सैनिक भवनमा कार्य कार्यक्रमकोबीच सम्मान गर्ने बताइएको छ । यो सम्मान ०७५ को भए पनि प्राविधिक कारणले ०७६ ज्येष्ठमा गर्न लागिएको हो । समितिका सदस्य विकास चाम्लिङ्गले समग्र खेलकुदका खेलाडीमध्ये एक जनालाई सम्मानित गर्ने बताउनुभयो । यसले खेलाडीमा ऊर्जा थपिने उहाको भनाई छ ।
गत बर्ष धरानबाट राष्ट्रिय फुटबल खेल्ने रोमन ल्म्बिुले प्राप्त गरेका थिए । कराते, तेक्वान्दो, गफ, प्याराग्लाइ, टेबुल टेनिस र बक्सिङका खेलाडीले आवेदन दिइसकेको र आउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले बताउनुभयो ।
उहाका अनुसार, सम्मानित हुने खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अफिसियल स्तरको प्रतियोगितामा भाग लिएको, धरानको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखेको छ । खेलकुदको उर्वर भूमि मानिएको धरानको खेलकुदको विकासमा अझ टेवा पुग्ने उद्द्े्श्यले खेलकुदमा योगदान पु¥याएका एकजना पूर्व खेलाडीलाई समेत नगद ५० हजार सहित सम्मान गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया