धरान ÷ धरानका युवा रंगकर्मी दिपेन्द्रसिह दर्नालले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । रंगक्षेत्र अन्र्तगत धरानमा जमेका दर्नालको तेश्रो म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक डिबी गुरुङको म्युजिक भिडियो फिदिम वजारमा उनको अभिनय रहेको छ । निशानी चलचित्र निर्देशक विनोद श्रेङद्धारा निर्देशित म्युजिक भिडियोमा स्मृती गुरुङको पनि अभिनय रहेको छ । युवा र युवतीको प्रेमकथामा आधारित सो म्युजिक भिडियोलाई भखरै मात्र यूट्युब मार्फत सार्वजनिक गरिएको हो । छायाँकन सवास लिम्वुको रहेको छ । ६ मीनेट १६ सेकेण्ड रहेको लोकाभाकामा आधारितको गीतको छायाँकन पुर्वक चर्चित पर्यटकीय स्थलहरुमा गरिएको छ । पर्यटकी स्थल फिदिमको चियावारी, इलाम र फिदिमको वीचमा पर्ने साधुटार , तेह्रथुमको सीमाना पर्ने माझिटार लगायतको इलामको सुन्दर दृष्यहरु कैद गरिएको छ । दृष्याँकन २ दिन लगाएर गरिएको थियो । दिपेन्द्रसिह दर्नाललाई धरानमा रंगक्षेत्रका रंगकर्मी भनेर चिनिन्छ । उनले रंगक्षेत्रमा दर्जन वढी अभिनय गरिसकेका छन् । उनको यस अघि पहिलो म्युजिक भिडियो ुगयौं आदि पील्ठो पारेर गयौ,उर्मिला
राईको ुडढेलोले छाए सरी वन म्युजिक भिडियो समेत निर्देशन गरेका छन् । दर्नालले नेपाली चलचित्र ड्राइगनुर
रोमियो मुनामा समेत अभिनय गरेका छन् ।
