मोरङ÷ १ नम्बर प्रदेशको झापा र मोरङ जिल्लामा वैसाख २० गते बिहान भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ जोरलाभरमा स्कुलबसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यामिक बोर्डिङ स्कुलको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री बर्ष ४१ को राजेन्द्र जबेगुको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएका प्रहरी टोलीर्ले बस र चालक सोही गाउँपालिका–१ बस्ने बर्ष ४६ को गोपाल बराईलीलाई नियन्त्रणमा राखिएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१२ मंगलबारेमा ट्याक्टरको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवंशीको छोरी अरूणोदय आधारभूत बिद्यालयमा कक्षा ४ मा अध्ययनरत बर्ष १० की चन्द्रकला
राजवंशीलाई बिहान साढे ९ बजे स्कुल जाने क्रममा ठक्कर दिएको थियो ।

