अवैध औषधिसहित प्रक्राउ

धरान÷अवैध रुपमा औषधि भिœयाउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय इनरुवाले प्रक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँ पालिका वडा नं. ४ बस्ने मोहमद जालम मिया र  मोहमद हुसैन मियालाई २३ गते सोमबार इनरुवा नगरपालिका वडा न. ४ बसपार्क नजिकबाट गस्तीमा रहेको प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा प्रहरीको गस्ती टोलीले को २४ प ५६६२ नम्बरको मोटर साइकलमा भारतमा बनेका विभिन्न कम्पनीका औषधि सहित दुवैलाई नियन्त्रणमा लिएको थियो । बरामद औषधि आवश्यक कारबाहीकालागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको र जिल्ला अदालत सुनसरीले आवश्यक अनुसन्धानका लागि १० दिनको म्याद थप गरेपछि दुवैलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया