सोलुखुम्बु÷सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–६ मा भएको आगलागीमा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ ।
मंगलबार बिहान ९ः१५ बजेको समयमा स्थानीय एक्का बहादुर राईको बाँसले बनेको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन लगायत घरको सम्पुर्ण समान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला
प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागी प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
