नागरिकता बनाइदिन्छु भन्दै दश हजार घुस लिने प्रक्राउ

इनरुवा÷नेपाली नारिकता यतिबेला किलोको भाउमा दिने गरिएको छ ।
नागरिकता जस्तो संवेदनशील कुरामा संघ सरकारका गृहमन्त्रीको ठाडो निर्देशनमा गलत मानिसले पनि नगारिकता लिने गरेको पाइएको छ ।
वैसाख १६ गते सोमबार सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ मा नागरिकता बनाइदिने आश्वासन दिँएर १० हजार लिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाइ प्रक्राउ गरेको छ ।
सोमबार दिउँसो पौने २ बजे जिल्ला प्रशासन कार्यालय अगाडि इटहरी उपमहानगरपालिका वडा नं. ९ बस्ने ४६ बर्षीय देवी मण्डललाई नागरिकता बनाइदिने भन्दै इनरुवा १ मा लेखापढी व्यवसाय गरी बस्ने चेतप्रसाद अधिकारीलाई प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखी थप अनुसन्धान भइरहेको
प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतले नागरिकता वितरण कार्यलाई दोस्रो पटक अर्को आदेश नहुन्जेल सम्मका लागि रोक्न निर्देशन दिए पनि वितरण कार्य भने नरोकिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । जन्मको
आधारमा बंसजको नागरिकता दिन केन्द्रबाटै निर्देशन भएपछि रोक्न सक्ने अवस्थै छैन, जिल्ला प्रशासन सोतले
भन्यो । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी धुु्रवबहादुर खड्का नागरिकता वितरणमा कडाई गर्न खोजपनि नसकिएको बताउनुहुन्छ । वडाले सिफारिस गरेर पठाइदिएको हुन्छ त्यसमाथि स्थानीय नेताहरुको सही नसक्नुको दबाब आउँछ । केही दिन अगाडि मात्र दुई जना मुसलमान युवाहरुले वडाको सिफारिस लिएर
नागरिकता लिन आउँदा खड्कालाई स्थानीय नेताको त्यस्तै दबाब आएको थियो । यद्यपि खड्काले उक्त कागजातको अध्ययन गर्न समय लाग्ने भन्दै तत्काललाई टार्नु भएको थियो । तर सधै टार्न सक्ने अवस्था रहँदैन उहाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया