एमालेका पूर्व वडा अध्यक्ष प्रक्राउ

सप्तरी÷सत्तासीन नेकपाका केन्द्रीय स्तरका नेता मात्र नभएर उक्त पार्टीका स्थानीय स्तरका नेताहरु समेत भ्रष्टाचार, घुस र विभिन्न अनियमिततामा मुछिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेका पूर्व वडाध्यक्षलाई सोमबार २५ हजार घुससहित प्रक्राउ गर्नुले यही कुराको पुष्टि हुन्छ ।
सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ५ का पूर्व एमाले वडाध्यक्ष विल्टु मियाँलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै प्रक्राउ गरेको हो । केन्द्रमा एमालेको
सरकार छ जस्तोसुकै काम पनि मिलाइ दिन्छु भन्दै उनले घुस लिएको पीडित सेवाग्राहीले बताएका छन् । उनका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया