धरान÷ आठ बर्षदेखि धरान उपमहानगरपालिकाको बारुणयन्त्र विग्रिने गरे पनि उपमहानगरपालिकाले यस तर्फ खासै ध्यान दिन सकेको छैन ।
सोमबार पनि धरान उपमहानगरपालिका वडा नं. १५ मा रहेको हरि वान्तवाको दाजुभाई सिरक फ्याक्ट्रीमा लाइन सर्ट भएर आगो लागी भयो । आगलागीका कारण फ्याक्टूीमा भएका सिरस र रिसक बनाउने मेसिन र छाप्रा समेत गरेर १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीका समयमा फ्याक्टूीसमम पुग्ने बाटो सागुरो हुदा दमकलाई नियन्त्रण गर्न कठिन भएको थियो भने तीनवटा दमकलमध्ये १ नं दमकलको क्राउन भाचिएर बगरकोट सडकमा मर्मत गर्नु परेको थियो ।
धरान उपमहानगरपालिकाभित्र जहा आगो लाग्दा पनि उपमहानगरपालिकामा भएको तीनवटै दमकल समयमै नपुग्ने गरेको स्वयम् बारुण यन्त्रका कर्मचारीहरु बताउछन् । १ नं बारुणयन्त्र ०५९ सालमा धरान उपमहानगरपालिकाले ल्याएको, २ नंं २०५१ सालमा र ३ नम्बर दमकल ६६ सालमा खरिद गरेको भएपनि विगत ८ बर्षदेखि यी तीन वटै दमकलले समस्या दिने गरेको बारुणयन्त्रका कमाण्डर इन्द्रबहादुर सुब्बाले बताउनुभयो । उहाले कही आगलागी भइहाले विग्रिएर समयमै नपुग्ने, पुगिहाले पनि आगो नियन्त्रण गर्न कठिनाइ हुने र नियन्त्रण गरेर थन्क्याउने बेला उपमहानगरपालिकासम्म नपुग्ने गरेको बताउनुभयो ।
उहाले पटक पटक धरान उपमहानगरपालिकालाई जानकारी गराउदा समेत वेवास्ता गरेको तर आश्वासन भने दिन नछाडेको बताउनुभयो ।
धरान उपमहानगरपालिकाको १ नम्बर र २ नम्बर दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहेको छ भने ३ नम्बर दमकलको क्षमता २ हजारको मात्र छ । ३ नम्बर् १० बर्ष अगाडि जापानको सहयोगमा आएकोे सो दमकल केही सद्धे भए पनि पानी कम अट्न् भएकाले पानी अभावका कारण समयमै आगलागी नियन्त्रणमा समस्या हुने गरेको कमाण्डर सुब्बा
बताउनुहुन्छ ।
धरान उपहानगरपालिकामा एकातिर दमकल दुरुस्त नभएका कारण र अर्कोतर्फ जथाभावि अनाश्यक रुपमा बसेका बस्तीका कारण आगोलागी हुदा समस्या हुने गरेको छ । यसतर्फ धरान उपमहानगरपालिका सचेत हुन जरुरी छ ।
