धरान÷डिपार्टमेन्ट स्टोरहरुमा पूर्वाञ्चलकै ब्राण्डेड गोरखा डिपार्टमेन्ट स्टोरले ग्राहक उपहार योजना अन्तर्गत यस पटक धरान वडा नं. १५ निराजन बस्तीकी नितु राईलाई १२५ सिसीको यामाहा स्कुटी प्रदान गरेको छ ।
आÏना नियमित ग्राहकहरुलाई गोरखा डिपार्टमेन्ट स्टोरले प्रत्येक बर्ष उपहार योजनामा सामेल गराउदै आएको छ । धरान १५ निराजन वस्तीकी राईले कुपन नं. ०१६९६७ बाट स्कुटी उपहार पाउन ुभएको हो । डिपार्टमेन्ट स्टोरको हाल प्रदेश नं. १ मा पाँचवटा शाखाहरु रहेका छन् । स्टोरका सञ्चालक बलराम आचार्यका अनुसार धरान, इटहरी, विराटचौक, पथरी, दकममा दुई हजार भन्दा बढी सामान खरिद गर्ने ग्राहकलाई उपचार योजनामा सामेल गराइन्छ । सबै स्टोरका कुपनहरु एकै स्थानमा जम्मा गरेपछि त्यसलाई लक्की ड्र मार्फत छनौट गराइन्छ ।
स्कुटी उपहार प्राप्त गनुभएकी नितु राई भन्नुहुन्छ, म कुनै पनि सामान खरिद गर्न गोर्खा डिपार्टमेन्ट नै जान्छु । धरानको पाँचौ शाखा सञ्चालनमा आउनु अगाडि इटहरी जाथे । तर धरानको शाखा सञ्चालनमा आएपछि यही आउँछु । आफूले खरिद गरेको सामानको कुपनबाट उपहार पनि पाउँदा अत्यन्तै खुशी लागेको राईको कथन छ ।
