परिवर्तनशील नेपालको अध्यक्षमा भण्डारी

धरान÷परिवर्तनशील नेपालको पुरानो कार्यसमिति भंग गरी विश्वराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
समाजको वैसाख २ गते बसेको बैठकले पुरानो कार्यसमिति भंग गरेको हो । समितिको बरिष्ठ उपसभापतिमा महेन्द्रप्रसाद यादव, उपसभापतिमा प्रभात खतिवडा, महामन्त्रीमा बाबुराम घिमिरे, सह महामन्त्रीमा बलराम भट्टराई र कोषाध्यक्षमा रमेश थापालाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा पूर्ण राई, सपना राई, दुर्गा अधिकारी, हर्कमाया लिम्बु, सीतादेवी विश्वकर्मा, प्रमोद श्रेष्ठ, सुमन श्रेष्ठसँगै तीन सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको छ । विद्यान मस्यौता समितिको संयोजकमा बाबुराम घिमिरे,  पूर्ण राई, कमला पोख्रेल हनु हुन्छ भने समाजको संरक्षकमा चन्द्रप्रसाद  श्रेष्ठ, भवानीप्रसाद ढकाल,  सल्लाहकारमा महेशमोहन पलिखे, भीष्मराज काफ्ले, शंकरमान श्रेष्ठ र विदुर राई रहनु भएको छ ।

तपाईको प्रतिक्रिया