विराटनगर÷मोरङ्गको पथरी शनिश्चरेमा शनिवार रिना बस्नेतको हत्या प्रकरणले नयाँ मोड लिएको छ ।
आÏनै पसल अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिनाको मृत्यु प्रकरणलाई प्रहरीले मादक पदार्थबाट मृत्यु भएको भन्दै पोष्टमार्टम गर्न पठाएपछि स्थानीय र आफन्तले घट्ना सुनियोजित र हत्या नै भएको भन्दै संघर्ष समिति नै बनाएर आन्दोलन थालेपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । आन्दोलनकारीहरुले हिजो मंगलबार पथरी नगरपालिका तोडफोड गरेका छन् भने इलाका प्रहरी प्रहरी कार्यालयमा ढुंगा मुढा गर्दा प्रहरीले दुई राउन्ड हवाइ फायर समेत गरेको छ ।
संघर्ष समितिले सोमबार पनि पथरी सडक खण्डमा चक्काजाम गर्दै प्रहरीका विरुद्ध नाराबाजी गरेका थिए । वैदेशिक रोजगारमा रहेका उनका श्रीमान सन्तोष बस्नेत समेत सोमबार पथरी आइपुगेका छन् । मृतकका छोरा साइमन बस्नेतले दिएको जानकारीका आधारमा हाल प्रहरीले मोरङ्ग विराटचौक बस्दै आएका कमल नेपाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । मृतक रिना बस्नेतका १४ बर्षीय छोरा साइमन बस्नेले शुक्रबार राति कमल नेपाल नाम गरेको व्यक्तिले बारम्बार फोन गरेको प्रहरीलाई बताएका थिए । त्यसदिन दुवै आमा छोरा स्थानीय छिमेकीको वर्थ डे पार्टी र कन्सर्ट हेर्न गएको र राति एघार बजे घर फर्किएको प्रहरीलाई बताएका थिए । त्यसदिन आमा तनावमा भएको र
बारम्बार कमल नेपालको फोन आए पनि आमाले नउठाएको प्रहरीलाई बताएका थिए ।
संघर्ष समितिले आन्दोलन चर्काउदै गएपछि प्रहरीले शंकास्पद व्यक्ति कमल नेपाललाई नियन्त्रणमा लिएर उनको कल डिटेल समेत लिएको थियो । कल डिटेलमा नेपालले शनिवार राति पटक पटक रिनालाई फोन गरेको पाइएको छ ।
