नेपाल महिला संघमा श्रेष्ठ निर्वाचित

नेपाली कााग्रेसको भगिनी संगठन नेपाल महिला संघ धरान नगर समितिको हिजो मंगलबार भएको निर्वाचनमा भगवती श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
आगामी पााच बर्षे कार्यकालका लागि श्रेष्ठ निर्वाचत हुनु भएको हो । वि.सं. २०१९ सालमा धरानमा जन्मनु भएकी श्रेष्ठ विद्यार्थी जीवनमा वामपन्थी राजनीतिबाट प्रेरित हनुहुन्थ्यो । वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात वामपन्थी धार छोडेर केही समय निस्क्रिय बस्नुभएकी श्रेष्ठले २०४८ सालमा नेपाल महिला संघकी तत्कालीन सुनसरी सभापति उमा वास्तोलाको हातबाट नेपाली कााग्रेसको साधारण सदस्यता लिनु भएको थियो । त्यसपछि २०५० सालमा सक्रिय सदस्यता लिएसागै उहााले नगर, क्षेत्र र महाधिवेशन प्रतिनिधिमा चयन भई पार्टीका हरेक गतिविधिमा आफूलाई अग्रपंक्तिमा राख्दै आउनु भएको छ ।
पार्टीको १३ औं महाधिवेशन अगाडि एकथरिले सुनियोजित रुपमा पार्टी छोडेको प्रचार गरेपछि उहाा केही समय निस्क्रिय बन्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पार्टी छोडेको हल्लाप्रति जिज्ञासा राख्दा उहाले भन्नुभयो केही समय अगाडि साथीहरुमा खुट्टा ताने प्रवृत्ति थियो । म नेपाली कााग्रेसमा २०४८ सालदेखि निरन्तर सक्रिय छु, मेरो बढ्दो सक्रियतालाइ देखेरै केही साथीहरुले
मेरा बारेमा नानाभाातिका हल्ला
फिजाए । त्यसपश्चात पाटीर् राजनीतिबाट केही समय निस्क्रिय बसेकी थिएा । पार्टी छोडेको थिइन । नेपाली कााग्रेसकी केन्द्रीय सदस्य मिना सुब्बाको उपस्थितिमा भएको निर्वाचनमा धरानका महिला संघका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
त्र

तपाईको प्रतिक्रिया