पूर्वका झापा, मोरङ्ग र सुनसरीमा आधिकारिक रुपमा दर्ता भएका १ सय ७७ वटा मदरसा अधिकांश मदरसा सीमावर्ती क्षेत्रमा : संदिग्न व्यक्तिहरुको आवत जावतले सदैव शंकाको घेरामा

धरान/गत बर्ष पर्साको स्मिावर्ती क्षेत्रमा रहेको एक मदरसाबाट पर्सा प्रहरीले तीनजना हतियारधारी पाकिस्तानीलाई पक्राउ गर्‍यो । लामो समयदेखि उनीहरु त्यहााको एउटा मदरसामा मौलानाको भेषमा लुकेर भारत विरोधी गतिविधिलाई अगाडि बढाइरहेको स्वयम् पक्राउ परेकाहरुले दिएको बयानबाट पुष्टि भएको थियो ।
विश्लेषकहरु भन्छन्, त्यो त एउटा प्रतिनिधि घट्नामात्र थियो । भारतको आन्तरिक सुरक्षामा पाकिस्तानी घुसपैठ बर्षौदेखि टाउको दुखाइको विषय रहादै आएको छ । सीमावर्ती क्षेत्रमा रहेका मस्जिद र मदरसाहरुमा पकिस्तानी लगानी हुने
गरेको चर्चा भएपनि मुसलमानहरु स्वयम् अरब मुलुकहरुले मात्र अर्थिक सहयोग गरेको बताउने गर्छन । आपराधिक गतिविधिमा संलग्न पाकिस्तानीहरुले मस्जिद र मदरसामा इस्लाम र मौलानाको रुपमा आफ्ना गतिविधि बढाएकै कारण त्यसलाई केही हदसम्म भएपनि नियन्त्रण गर्ने उद्देश्यले केही समय अगाडि सीमावर्ती क्षेत्रमा नेपाल भारत सुरक्षाकर्मीहरुको संयुक्त गस्ती टोली परिचालनगर्ने औपचारिक रुपमै सहमति भएको विश्लेषकहरुको ठम्याई छ ।
तीन जिल्लामा १ सय ७७ मदरसा र १ सय ६५ मस्जिद
जिल्ला शिक्षा कार्यालयमा भएको अभिलेख अनुसार सुनसरी, मोरङ र झापामा मदरासाको संख्या १ सय ७७
रहेको छ । सरकारले विद्यालय शिक्षामा अनुदान दिने भएकै कारण औपचारिक रुपमा जिल्ला शिक्षा कार्यालयमा १ सय ७७ मदरसा दर्ता भएका हुन् । दर्ता नभएका संख्या यसभन्दा अधिक हुनसक्ने जिल्ला शिक्षा कार्यालय झापाका योजना अधिकृतको कथन छ । मस्जिदको कुनै दर्ता नभएकोले त्यसको आधिकरिक तथ्याक आफूहरुसाग नहुने उहााको भनाई छ । उहाा भन्नुहुन्छ नेपालमा मन्दिर, मस्जिद, चर्चा बनाउन कुनै प्रकारको स्विकृति लिनु पर्दैन , जसका कारण यति नै छ भन्ने यकिन हुन सक्दैन । झापा टाघनडुब्बाका एकजना इस्मामले आफ्ेनो नाम उल्लेख नगर्ने शर्तमा भने झापामा ३० भन्दा बढी मस्जिद रहेका छन् । झापामा कुल जनसंख्यामा ८ लाख १२ हजार ७ सय ५० रहेको छ जसमा मुसलमानको संख्या मात्र २५ हजार ९सय ७४ छ यो कुल जनसंरुख्याको ०३.२० प्रशिशत हुन आउाछ ।
यसैगरी जिल्ला शिक्षा कार्यालय
मोरङ्गमा दर्ता भएका मदरसाको संख्या ४२ रहे तापनि यो संख्या ७० भन्दा आधिक भन्दा अधिक हुन सक्ने योजना अधिकृत
रामप्रसाद लाहाल बताउनुहुन्छ । दर्ता भएपछि अन्य विद्यालय सरह अनुदान पाइने भएकोले ५२ वटा दर्ता भएका हुन् तर मुुलमानहरुको आन्तरिक र बाह्य स्रोतबाट समेत दर्जनौ मदरसाहरु सञ्चालनमा आएको सुन्नमा आएको उहााको कथन छ । मोरङ्गमा समेत मस्जिदको सख्या ३५ भन्दा अधिक रहेको मोरङ्ग गोविन्दपुर वडा नं. १ का अब्दुल मियाा बताउनुहुन्छ । यता सुनसरीमासमेत आधिकारिक रुपमा दर्ता भएका मदरसाको संख्या ७५ रहेको छ । अधिकांश मदरसाहरु भारतीय सीमावर्ती क्षेत्रमा रहेका छन् । खासगगरी भारतीय सीमावर्ती क्षेत्र रामनगर भुटाहा, श्रीपुर, पश्चिम कुसाहा लगायतका स्थानमा ज्यादा छन् । मस्जिदको आधिकारिक तथ्यांक भने इस्लामहरुलाई पनि पूर्ण रुपमा छैन । सभासद जाहिर हुसैन भन्नुहुन्छ मस्जिदको संख्या भन्न त बढो गाह्रो छ । जहाा जहाा मुसलमानको ज्यादा बस्ती छ, त्यस ठाउामा दुई वा ३ वटा मस्जिद हुन्छन् । भोक्राका एकजना मौलानाका अनुसार ५० भन्दा ज्यादा मस्जिद छन् । अधिकांश मस्जिद उत्तरी क्षेत्रमा भन्दा पनि दक्षिणी क्षेत्रमै रहेका छन् । सुनसरीमा कुल जनसंख्या ७ लाख ७३ हजार ४ सय ८७ रहेको छ भने मुसलमानको संख्या ८८ हजार ७२ छ जुन कुल जनसंख्याको १.५३ प्रतिशत हुन आउाछ । उता मोरङ्गमा कुल जनसंख्या ९ लाख ६५ हजार ३ सय ७० रहेको छ भने मुसलमानको संख्या ४५ हजार ७ सय ५५ छ जुन कुल जनसंख्याको ०४.७४ प्रतिशत हुन आउछ ।
नेपालमा कहाा कति मुसलमान छन्
नेपालको जनगणना २०६८ लाई आधार मान्ने हो भने मुसलमानहरुको सबैभन्दा बढी जनसंख्या रौतहटमा छ । ६ लाख ८५ हजार ७ सय २२ जनसंख्यामध्ये १ लाख ३५ हजार २ सय ८३ जना मुसलमानहरु रौतहटमा छन् जुन कुल जनसंख्याको १९.७० प्रशित हुन आउाछ भने सबैभन्दा कम जनसंख्या उच्च पहाडी भूभाग ताप्लेजुङ्गमा २ जना मात्र रहेका छन् । ताप्लेजुङ्गको १ लाख २७ हजार ४ सय ७१ जनसंख्यामध्ये ०.००२ प्रतिशतमात्र मुसलमान छन् । रौतहटपश्चात कपिलवस्तुमा १ लाख ३ हजार ८ सय ३८, बााकेमा ९३ हजार २ सय ६३, बारामा ८९ हजार ६ सय ८५, पर्सामा ८७ हजार ३३, महोत्तरीमा ८३ हजार ६ सय ९६, रुपन्देहीमा ७२ हजार ४ सय २८, धनुषामा ७३ हजार ९९, सर्लाहीमा ६० हजार ६ सय ७९, सप्तरीमा ५७ हजार ४, सिराहामा ४७ हजार ५ सय ६६, नवलपरासीमा २४ हजार १ सय ६०, काठमाण्डौमा २१ हजार ८ सय ६६, बर्दियामा ११ हजार ८४,, चितवनमा ६ हजार ७ सय ४१, कैलालीमा ४ हजार ९ सय ३०, दाङमा ४ हजार ७ सय ८१, कास्कीमा ४ हजार ४ सय ३७, तनहुमा ४ हजार १ सय ५७, ललितपुरमा ३ हजार ८०, गोरखामा ३ हजार ५६, उदयपुरमा २ हजार १ सय ६८, स्याङजामा १ हजार ९ सय ७८, सुर्खेतमा १ हजार ८ सय २५ रहेका छन् । यसैगरी मकवानपुरमा १ हजार ७ सय ८७, अर्घाखााचीमा १ हजार ७ सय ७३, भक्तपुरमा १ हजार ५ सय ३, पाल्पामा १ हजार २ सय २६, धादिङ्गमा १ हजार ३७, लमजुङ्गमा ९ सय ५२, बाग्लुङ्गमा ७ सय ३४, पर्वतमा ६ सय २४, प्युठानमा ६ सय १४, कञ्चनपुरमा ४ सय ६१, दैलेखमा ४ सय ५९, गुल्मीमा ४ सय ३१, नुवाकोटमा ३ सय ५१, काभ्रेप्लानचोकमा ३ सय १८, सल्यानमा २ सय ६८, अछाममा २ सय ५७, इलाममा २ सय २९, रोल्पामा २ सय १६, म्याग्दीमा १ सय ८०, सिन्धुलीमा १ सय ७९, धनकुटामा १ सय ६१, रुकुममा १ सय २६, डोटीमा १ सय १६, जुम्लामा १ सय ११, बाजुरामा १ सय, पााचथरमा ५५, दोलखामा ४६, खोटाङ्गमा ४३, संखुवासभामा ४१, सिन्धुपाल्चोकमा ३८, डडेलधुरामा ३७,
रामेछापमा ३३, तेह्रथुममा ३१, दार्चुलामा ३१, कालिकोटमा २७, ओखलढुंगामा २६, वैतडीमा २१, भोजपुरका १९, डोल्पामा १४, सोलुखुम्बुमा १३, हुम्लामा ११, जाजरकोटमा १०, रसुवामा ९ बझङ्गमा ८, मुगुमा ६, मनाङ्गमा ४ र मुस्ताङ्गमा ३ जना मुसलमान रहेका छन् ।

तपाईको प्रतिक्रिया