देशभक्त र राष्ट्रभक्त नेपालीहरुले बारम्बार उठाउादै आएको एउटा प्रश्न हो नेपाल विदेशीहरुको क्रिडास्थल बन्दै छ, विदेशी खासगरी
युरोपेलीहरुको चंगुलमा नेपालका राजनैतिक दलका नेताहरु फासेका छन्, उनीहरुको इसारामा नााच्छन् । यो वास्तवित्त:ा अहिले आएर नेपालस्थित बेलायती राजदुत एण्डी स्पाक्र्सले प्रमाणित गरिदिएका छन् ।
आगामी बन्ने संविधानमा नेपाललाई हिन्दु राष्ट्र या धर्म निरपेक्ष के उल्लेख गर्ने भन्ने विषयमा दलहरुबीचमा गहिरो बहस भइरहेको अवस्थामा स्पाक्र्सले नेपालका सम्पूर्ण सभासदलाई राजदुतावासकै लेटर प्याडमा पत्र पठाई संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न एकप्रकारको निर्देशन सहित आग्रह गरेका छन् ।
कुटनीतिक मर्यादालाई नाघेर नेपालको आन्तरिक र जनचाहना विपरीत यति निकृष्ठ र तल्लो स्तरमा उत्रिएर संविधानमा यो लेख र त्यो लेख भन्ने अधिकार बेलायती राजदूत स्पाक्र्सलाई कसले दियो ? स्पाक्र्सको पत्रले के सावित गरेको छ भने नेपाललाई अस्थिरतातर्फ धकेल्ने खेलमा बेलायतले अहम् भूमिका निर्वाह गर्दै आएको छ । यसभन्दा अगाडि युरोपेली संघले गोप्य रुपमा नेपालमा धर्म परिवर्तन गर्न पाउने अधिकार संविधानमा राख्न आग्रह गर्दै आएको थियो । तर खुल्ला रुपमा पत्र पठाएर दबाबै दिने उद्देश्यले स्पाक्र्सले जस्तो अरु कुनै पनि पश्चिमा मुलुकले यो साहस गरेका थिएनन् । तर स्पाक्र्सले नाागो रुपमै नेपालको सार्वभौममाथि प्रहार गरेका छन् । यहााका सभासदहरुलाई उनले आफ्ना दाश र गुलाम सम्झिएका छन् ।
उनले आफ्नो पत्रमा वा त्यसरी धर्म पविरर्तनको अधिकार र अब बन्ने संविधान राख्न जुन निर्लज्जढंगले पत्र पठाए त्यसबाट थाहा हुन्छ हिजो धर्म निरपेक्षताका लागि अरबौ रकम दिएर यहााका नेताहरुलाई खरिद गरेका थिए । उनले बेलायत नेपालको एउटा प्रमुख दातृ निकाय हो समेत भन्न पत्रमा छुटाएका छैनन् । बेलायत नेपालको एउटा दातृ निकाय हो भन्दैमा नेपाल र नेपाली बेलायतका गुलाम होइनन् । शायद यो कुरा स्पाक्र्सले राम्ररी नबुझेका हुन सक्छन् । नेपाल सदियौदेखि एउटा सार्वभौम सत्ता सम्पन्न हिन्दुराष्ट्र थियो र हो पनि । यहाा ८३ प्रतिशत सनातन हिन्दु धर्मावल्वीहरुको वाहुल्यता छ । त्यसपछि बुद्धधर्म, मुस्लिम धर्म मान्नेहरुको वाहुल्यता छ । एउटा राजदुत जस्तो व्यक्तिले धर्मलाई प्राथमित्त:ा दिएर घटिया पत्र पठाउनु सोभा दिन्छ ?
बेलायतले जति सहयोग नेपाललाई गरेको छ त्यो भन्दै सैयो गुण सहयोग नेपालीले बेलायतलाई गरेका छन् । सैयौ बर्षदेखि नेपालीले बेलायतलाई रगत दिएका छन् । संसारका कैयौ युद्ध नेपालीकै बाहुपाखुरीको भरमा बेलायतले जितेको ज्युाउदो इतिहास संसार सामु छर्लङ्ग छ । यसलाई अल्पवुद्धिका स्पाक्र्सले सायद बुझेको देखिएन । उनले एउटा कुरा हेक्का राख्नुपर्ने थियो सानो देशका गरिब भए पनि नेपाली आफ्नो स्वाभिमानमा बााचेको छ । हिजोका दुई चार जना शासकलाई सहजै खरिद गरेर धर्म निरपेक्षता घोषणा गर्न लगाउादैमा यो मुलुक धर्म निरपेक्षता हुने होइन । पैसाको भरमा धर्म खरिद गर्ने आदत भएका पश्चिमा मुलुकहरुले नेपाललाई एउटा क्रिडा स्थल बनाएको अब भने प्रमाणित भएको छ । नेपालीहरु अरुको सार्वभौम अधिकारमाथि कहिल्यै नकारात्मक भावना राख्दैनन र अरुबाट पनि यही अपेक्षा
राख्छन् । संसार अब हिजोको १७ औा शताब्दीको अवस्थामा छैन जहाा बेलायतको गुलामी कैयौ देशले स्विकार्नु परेको थियो ।
