भूतप्रेत हटाउन सुनरी उवासंघमा रुद्री र सत्यनारायण पूजा

धरान÷भुत, प्रेत, पिसाचको कालो छायाँ मडारिएको भन्दै सुनसरी उद्योग वाविणज्य संघका अध्यक्ष राजेन्द्र सहले संघको ग्राउण्ड फ्लोरमा आइबार विधिवत रुपमा जाप, रुद्री र सत्य नारायणको पूजा सम्पन्न  गर्नुभएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको २२ औं कार्यकारिणीको नेतृत्व गर्नुभएका साहले आइतबार तीन जना ब्राम्हण राखी वैद्धिक मन्त्रोच्चारण सहित पूजा सम्पन्न गर्नुभएको हो । उद्योग वाणिज्य संघमा पूजा लगाउनुको औचित्य के भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, वि.सं. २०२० सालमा तत्कालीन व्यापार प्रबन्ध समिति हुँदै आज सुनसरी उद्योग वाणिज्य संघको रुपमा आइपुग्दा कसैले पनि वैद्धिक पूजा अर्चना नगरेकोले आफूले पूजा लगाएको बताउनुभयो । रुद्री, सत्यनारायण पूजाका प्रभावले भुतप्रेतका कालो छायाँ हराउने उहाँको दाबी छ ।

तपाईको प्रतिक्रिया