धरान÷ब्राम्हण समाज धरान नगर समतिको छैटौ साधारणसभा गीता भवनको सभाहलमा सम्पन्न भएको छ ।
समाजमा केन्द्रीय उपाध्यक्ष डिल्लीराम उप्रेतिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण
गरिएको थियो । साधारणसभाकै अवसर पारेर समाजले ब्राम्हण महिला नगर समाज र ब्राम्हण नगर युवा समाज समेत गठन गरेको छ ।
समाजका नगर अध्यक्ष उद्धवप्रसाद अधिकारीको अध्यक्षमा सम्पन्न भएको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सीताराम आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कमल प्रसाद
भट्टराइले गर्नुभएको थियो ।
