धरान÷प्रहरीलाइै घुस दिन खोज्ने सहित ४ जना धरान प्रहरीले पक्राउ गरेको छ । धनकुटावाट २० केजी गाजा लिएर आउदै गरेका ३ जना र उनिहरुलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने १ जनालाई आइतबार इलाका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो । को ९ प ५७२५ नम्बरको मोटरसाइकलले स्कर्टिङ्गं गरी को १ ह ६२५० नम्बरको टेम्पोमा २० केजी गाँजा ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
धरानले जनाएको छ । गाजा सहित पक्राउ परेकालाई छुटाउन प्रहरीलाई घुस दिएर उनिहरुलाई छुटाउन ५० हजार बोकेर विराटनगरबाट आएका मुख्य कारोबारीलाई समेत प्रहरीले नगद सहित पक्राउ गरेको हो । प्रहरी धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ बर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ का २३ बर्षीय आइते भन्ने मदन राई सहित टेम्पोलाई अघि अघि स्कर्टिङ गर्ने मोटरसाइकल चालक शहिदभुमी गाउँपालिका ३ घर भई हाल धरान १७ बस्ते २३ बर्षीय विजय राईलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक सुमन कुमार तिम्सिनाले वताए । उनले प्रहरीलाई ५० हजार घुस दिएर उनीहरुलाई छुटाउन आएका विराटनगर महानगरपालिका १५ का ३६ बर्षीय सुरज कुमार साहलाई समेत नियन्त्रणमा लिइ कारबाही सुरु
गरिएको जानकारी दिए । शाह गाजा व्यापारका मुख्य कारोबारी समेत समेत प्रहरीको भनाई छ । स्कर्टिङ्गं गर्ने मोटरसाइकलमा सवार एक जना भने फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडी बढाएको डिएसपी तिम्सिनाले वताए । ऐनको परिच्छेद ३ को दफा १४ अनुसार १० केजी बढी लागुऔषध ओसारपासर गर्नेलाई २ देखि १० बर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ । साथै लागु औषध विक्रि वितरण तथा ओसार पसार गर्दा प्रयोग भएका सवारी समेत जफत हुने कानुनी व्यवस्था रहेको छ ।
