पूर्वमा कर्तव्य ज्यान र दुर्घटना बढे

धरान÷विगत केही दिन यता पूर्वमा कर्तव्य ज्यान र दुर्घटनामा मृत्यु हुनेहरुको संख्या बढेको छ । चैत्र १८ गते इलामको सूर्योदय नगरपालिका वडा नं.  ९ बरखोटेमा आइतबार मासु काट्ने वामफोकले घाँटी रेटेर एक पुरुषले आत्महत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार अत्याधिक मादक पदार्थ सेवन गरेका ३९ बर्षका विजय राईले राति ९ बजे मासु काट्ने वमफोकले आफ्नै घाटी रेटेका थिए । घाँटी रेटेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विर्तामोड स्थित विएण्सी अस्तापल झापा ल्याए पनि राती नै उनको मृत्यु भएको थियो ।
यसैगरी झापा शिव शत्तासी नगरपालिका वडा नं ३ मा आइतबार नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । नहरमा डुबेर सोही स्थान बस्ने बर्ष ६९ की धनकुमारी पाण्डेको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेले दिएको जानकारी अनुसार आइतबार राति ११ बजेदेखि हराएकी पाण्डेलाई प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा सोमबार विहान कन्काई नहरमा डुबिरहेको अवस्थामा शव फेला परेको थियो । यता सुनसरीको हरिनगरा गाउँ पालिका वडा नं. ६ घुस्की बजारमा शनिवार भारतीय नम्बरको मोटर साइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणर्फ जाँदै गरेकोे द्यच् ज्ञज्ञ थ ढघज्ञघ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटर साइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इनरुवामा पु¥याएका उनको मृत्यु भएको थियो । ठक्कर दिने मोटर साइकल र चालक भारतको घुर्ना बस्ने ६० बर्षका मोहम्मद मुस्ताक अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
उता झापाको भद्रपुर नगरपालिका वडा नं. ३ भैसाबारी भन्ने स्थानमा शनिवार जेसिबीको बकेटले लागेर सह चालकको मृत्यु भएको छ । भद्रपुर केचना सडक खण्डमा राति सवा ८ बजे जेसिवीबाट तेलको ड्रम निकाल्ने क्रममा वकेटले लाग्दा सह चालक बर्ष २२ का विक्रम राजवंशीको घट्ना स्थलमै मृत्यु भएको थियो  ।

तपाईको प्रतिक्रिया