अख्तियार, केन्द्र र मन्त्रीसम्मलाई मिलाउनुपर्छ भन्दै आयल निगमका प्रमुख यादवको गोरस धन्दा अनियमितताको आरोपमा यसभन्दा अगाडि केन्द्रमा तानिएका यादवले कर्मचारीहरुलाई पेल्ने गरेको गुनासो

धरान÷यतिबेला भारतबाट नियमति रुपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको छ । आपूर्तिमा कुनै समस्या छैन । डिलरहरुले पनि आÏना पम्पहरुमा डिजल–पट्रोल छैन भनेर लेखेर घुम्टो ओढाएर राख्नु परेको छैन । अनि उपभोक्ताहरुले पनि इन्धनका लागि अभाव झेल्नु परेको छैन । तर पनि नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले आÏनो गोरस धन्दालाई राम्रैसँग चलाएको डिलरहरुको गुनासो छ ।

इटहरीका एक डिलर व्यवसायीले आक्रोसित हुँदै भने कहिल्यै नसुध्रिने भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सेटिङ्ग मिलाउनुपर्छ, आयल निगमको केन्द्रमा पनि पु¥याउनुपर्छ, मन्त्रीसम्मलाई पु¥याउनुपर्छ भन्दै यादवले डिलरहरुसँग पैसा असुल्ने गरेको उनले बताए । उनले भने यस भन्दा अगाडि पनि अनियमितताकै आरोपमा यादवलाई केन्द्रमा तानिएको थियो । स्पस्टीकरण सोधिएको थियोे ।
पूर्वाञ्चलमा प्रत्येक दिन एक हजार लिटर डिजल, २६० केल पेट्रोल, हवाई इन्धन १५ देखि २० केल, मट्टितेल दुई तीन दिनको फरकमा २० केल क्षेत्रीय कार्यालयको डिपोबाट विक्री वितरण हुँदै आएको छ । विराटनगरमा भारतको बरौनीबाट प्रत्येक दिन १० गाडी पेट्रोल, ४० गाडी  डिजल, सिलगुढीबाट हवाई इन्धन आपूर्ति हुदँै आएको छ । माग बमोजिमको इन्धन आयल निगमले उपलब्ध गराउदै आएको देखिए तापनि अधिकांश डिलरहरुले आन्तरिक पीडाहरु खेप्दै आएको विराटनगरका अर्का पेट्रोलियम व्यवायीको गुनासो छ । उनी भन्छन् अतिरिक्त पैसा नदिए कामै हुँदैन । यादवले डिलरहरुबाट रकम असुलेको गुनासो केन्द्रमा समेत पुगेपछि नेपाल आयल निगम केन्द्रीय कार्यालयका म्यानेजिङ्ग डाइरेक्टर सुरेन्द्रकुमार पौड्यालले डिलरहरुलाई सिधै फोन
(९८५१२२९१०५१) मा गर्न वा म्यासेज गर्न आग्रह समेत गरेका थिए । गुनासा टिपाउँदा वा म्यासेज गरेर जनकारी गराउँदा थप झन्झट होला कि भन्ने डरले डिलरहरुले त्यो गर्न पनि सकेका छैनन्, उनले भने ।
धरानका एक पेट्रोलियम व्यवसायी भन्छन् मसँग यादवको राम्रो सम्बन्ध छ । सर्टेजको समयमा ४ हजार केलको माग हुँदा दुई हजार लिटर दिए
होलान् । अब त्यसबेला पैसाको चलखेल भयो कि भनेर भन्न सकिदैन । यसै सम्बन्धमा नेपाल आयल निगमको क्षेत्रीय कार्यालयका प्रमुख यादवसँग मंगलबार सम्पर्क राख्दा उनी जंगिदै आफूले कसैसँग रकम नलिएको जिकिर गरे । उनले भने माघ १७ र १८ गते भएको अन्तरक्रियामा सबैले आफ्नो प्रशंसा गरेको बताए । तर व्यापारीहरु यो कुरा मान्न तयार छैनन् । अतिरिक्त रकम नदिए इन्धन लोड नै दिँदैनन् । आलटाल
गरिरहन्छन् । ती व्यवसायीले भने चैत्र ७ गतेको फागुका लागि समेत आफूहरुसँग पैसा असुले । विराटनगर एयरपोर्ट छेउमा रहेको ल्इऋ क्वार्टरमा होली खेल्न बोलाए । हामीसँग पैसा लिएर हामीलाई नै होली खेल्न बोलाउने ? मचाहिँ गइनँ उनले भने ।  यसै सम्बन्धमा बुझ्न ट्यांकर व्यवसायी संघका अध्यक्ष गुणराज
निरौलासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो यस सम्बन्धमा बुझ्नै परे डिलरहरुसँग बुझेको राम्रो ।
अनियमितताकै सवालमा दुई तीन पटक केन्द्रीय म्यानेजिङ्ग डाइरेक्टरले विराटनगरमा आएर यादलाई हप्काउनुले के कुराको पुष्टि गर्छ, अर्का डिलर व्यवसायी भन्छन् । अक्सर कुनैपनि डिलर व्यवसायी आफनो नाम उल्लेख नगरिदिन आग्रह गर्छन् । उता नेपाल आयल निगमकै एक कर्मचारी भन्छन् यहाँ व्यवसायीहरुसँग गरिने बार्गेनिङ्ग र अनियमितता देखिेर पनि नदेखेझै गर्नुपरेको छ । हामी नियम र कानुनले बाँधिएका छौं । बाहिर मिडियामा बोल्न मिल्दैन । हामीसँग भन्दा पनि डिलरहरुसँग बुझ्दा सबैभन्दा राम्रो हुने उनको तर्क थियो । उनले एउटा कुराचाहिँ स्पष्टसँग भने स्टाफहरुलाई यादवले पेलेर राखेका छन्, स्विपरलाई समेत तेरो अनुहार मेरो अफिसमा नदेखा भनेर अशिष्ट भाषा प्रयोग गर्छन् । साँच्चै भन्ने हो भने नेपाल आयल निगममा यादवबाहेक अरु कर्मचारीको कामै छैन । सम्पूर्ण अधिकार आफैमा केन्द्रित गरेका छन् । पूर्वाञ्चलमा यतिबेला २ सय ८ वटा पेट्रोलियम डिलरहरु रहेका छन् । पहिला डिलर सञ्चालकहरु इन्धन लोड लिनका लागि आफै आयल निगममा जाने गर्दथे । तर अहिले उनीहरु स्टाफमार्फत गर्ने गरेका छन् । धरानका एक पेट्रोलियम व्यवसायी भन्छन्, झण्डै ७ महिना अगाडि नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा यादव आएपछि एक दुई पटक गएँ त्यसपछि जानै छाडिदिए ।

तपाईको प्रतिक्रिया