एसईईको परीक्षाको प्रश्नपत्र बाहिरने हेलचेक्राइको चरम नमूना

चैत्र १० गतेदेखि सञ्चालन भएको यस पटकको एसईई (एलएसी) को परीक्षा अगावै प्रश्नपत्रहरु बाहिरिनुलाई सरकारको हेलचेक्र्याइको चरम नमूनाका रुपमा लिनुपर्छ । खास गरेर प्रदेश नं. २ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि त्यसले अनेकौ आशंकाहरु जन्माएको छ ।
परीक्षाको रेखदेख गर्ने जिम्मामात्र पाएको प्रदेश  र परीक्षाको प्रश्नपत्र छाप्ने, परीक्षा लिने सम्पूर्ण अधिकार आफूमा निहीत राखेको संघ बीचको यसै विषलाई लिएर पेचिलो वाकयुद्ध शुरु भएको छ । आखिरी प्रश्नपत्र कसरी बाहिरिए ? प्रश्नपत्रहरु बारिहएपछि त्यसको नैतिक जिम्मेवारी कस्ले लिने ? नैतिाकतामा आधारमा सम्बनिधत मन्त्री, सचिव, परीक्षा बोर्डका परीक्षा नियन्त्रकले राजीनामा दिनु पर्छ कि पदैन ?
प्रश्नपत्र बाहिरएपछि प्रदेश नं २ को थप परीक्षा स्थगित भएको छ , परीक्षा स्थगित भएपछि विद्यार्थीहरु आक्रोसित हुनु स्वभविक हो । उनीहरु दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रदेश नं. २ को सम्पूर्ण स्थिति नै तनावपूर्ण बन्न पुग्यो । ठाउँ ठाउँमा उनीहरुले टायर बालेर प्रदर्शन गरेका, तोडफोड गरेका छन्, सरकारका विरुद्धमा नाराबाजी गरेका छन् । उनीहरुको नाराबाजी, आक्रोस, तोडफोड स्वभाविक हो । विद्यार्थीहरुको दश बर्षको मेहनत अन्यौलमा परेको छ । अन्दोलनमा परेपछि कसैलेपनि वेद र रामायण पाठ गर्दैन महाभारत नै मच्चाउँछ ।
एसईईको परीपाको प्रश्नपत्र किन, कसले र कसरी बाहिर ल्यायो ? प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण दोष केन्द्रलाई थोपरेका मात्र छैनन् शिक्षा मन्त्रीको राजीनामा नै मागेका छन् । नैतिकताका आधारमा शिक्षा मन्त्रीले राजनीतिमा दिनुपर्ने तर्क उनको छ । उनको आरोप छ केन्द्रले प्रदेश नं. २ लाई हेर्ने देष्टिकोण नै फरक छ  । यो संघीयता असफल गराउने केन्द्रको सुनियोजित षड्यन्त्र भएको समेत मुख्यमन्त्रीको आरोप
छ । यता प्रदेश नं २ का मुख्यमन्त्रीबाट आफूमाथि गम्भीर आरोप लगाउँदै राजीनामा माग गरिएपछि संघका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले आरोपको खण्डन गरेका छन् । उनले प्रदेश नं. २ का मुख्य मन्त्रीलाई मुख सम्हालेर बोल्न समेत चेतावनी दिँदै प्रश्नपत्र बाहिरिएको घटनालाई नै आधार बनाएर नैेतिकताको आधारमा राजीनामा नदिने घोषणा नै गरिसकेका छन् । प्रश्नपत्र बाहिरिनुलाई संघका शिक्षामन्त्री पोख्रेलले सामान्य रुपमा लिएको देखिन्छ । तर यो जघन्य अपराध हो । यसलाई उनले स्विकार गरेर नैतिक जिम्मेवार लिनुपर्छ ।
प्रदेश नं २ का मुख्यमन्त्रीले भनेझै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नैतिकताका आधारमा राजीनामा दिँदै दिदैनन् । यो कुरा सबैलाई थाहा छ प्रजातन्त्र र गणतन्त्र आएपछि जस्तोसुकै गल्ति भएपनि, आरोप लागेपनि, आरोप प्रमाणित भएपनि आजसम्म चाहे हिजोका काँग्रेसको सरकारका मन्त्री हुन् चाहे माओवादीको सरकारका मन्त्री हुन् या आज दुई तिहाइको दम्भमा फुलेको वर्तमान सरकारका मन्त्री हुन कसैले पनि नैतिकताको आरामा पद त्याग गरेका छैनन् । पञ्चायत कालमा भन्दा पनि आजका मन्त्रीहरु नैतिक रुपमा पतन भएका छन् । २०४५ सलमा हावा हुरीले दशरत रंंगशालामा भागदौड मच्चिदा झण्डै तीन दर्जन दर्शकहरु हताहत भएका थिए । त्यसबेलाका शिक्षामन्त्री केशवबहादुर विष्टले तुरुन्त नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यो एउटा अस्वभाविक र भैपरि आउने एउटा प्राकृतिक प्रकोप थियो ।  त्यसबेला विष्टसँग कसैले राजीनामा मागेका थिएनन् ।  तर पनि उनले शिक्षा तथा खेलकुदमन्त्रीको नाताले नैतिक जिम्मेवरी लिँदै राजीनामा दिए । २०२९ सालमा सिंहदरबारको पूर्वी दिशबाट आगलागी भयो । त्यसबेलाका प्रधानमन्त्री किर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
लाखौ विद्यार्थीको भविष्यसँग खेलवार्डको घट्ना घट्दा पनि अहिलेको गणतान्त्रिक सरकार त्यसमाथि पनि नेकपाका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुको सट्टा उल्टै प्रदेश सरकारसँग छुद्र व्यवहार गरेका छन् । हुन त अहिलेका मन्त्रीहरुमा नैतिकता भए पो राजीनामा दिन्छन् । पदमा टाँसिरहने र कमाउधन्दा चलाइरहने मानसिकताबाट ग्रसित मन्त्रीहरुले राजीनामा दिन्छन् भन्ने कुरामा कसैलाई पनि विश्वास छैन । वर्तमान सरकारका हरेक मन्त्रीमाथि नैतिकताको प्रश्न उठेको छ । चाहे दिवंगत भएका पर्यटनमन्त्री रविन्द्रनाथ अधिकारीमाथि वाइडवडीको सवालमा होस, चोह मेलम्ची खानेपानी आयोजनामा खानेपानी मन्त्री बिना मगरमाथि होस तर कसैले पनि आजसम्म नैतिकताका अधारमा राजीनामा दिएका छैनन् ।

तपाईको प्रतिक्रिया