पूर्वाञ्चलमै पहिलो पटक धरानमा डिपार्टमेन्ट स्टोरको अवधारणामा ‘नेपाल युनिफर्म हाउस’ सञ्चालनमा

धरान÷अब स्कूले नानीहरुको स्कुल डे«स, व्याग, जुत्ता, टाई, मोजाका लागि
धराने अभिभावकहरुले पसल पसल चहार्नुपर्ने बाध्यता हँटेको छ । स्कूले नानीहरुको शैक्षिक समाग्री बाहेकका सम्पूर्ण समानहरु मात्र नभएर निजामति कर्मचारी, विद्यालयका शिक्षक, शिक्षिका, जातीय पहिरन, राष्ट्रिय पोसाक दौरा सुरुवाल, महिलाहरुको सम्पूर्ण पहिरनकालागि चार चौरास भौतारिनु पर्ने बाध्यता हँटेको छ ।
धरानका जागिरिला र नयाँ सोच भएका युवा व्यवसायी तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सचिव मोहम्मद फिरोज अलि र अर्का युवा व्यवसायी एमडी सागिरले पूर्वाञ्चलमै पहिलो पटक धरानमा डिपार्टमेन्ट स्टोरको अवधारणमा नेपाल युनिफर्म हाउस सञ्चालनमा ल्याएपछि विद्यार्थीका अभिभावक, कर्मचारी, विभिन्न जातीय समुदायहरुले अब चार चौसार भौतारिनु नपर्र्ने भएको हो ।
धरान उपमहानररपालिका वडा नं. २ रत्नरोडमा युवा व्यवसायी द्वयले चैत्र ९ गतेदेखि नेपाल युुनिफर्म हाउस सञ्चालनमा ल्याएका हुन् । आज भन्दा ६० बर्ष अगाडी सप्तरी जिल्लाबाट धरानमा आएर गुडलक टेलर्स सञ्चालन गरेका र आज पनि त्यही पुरानो गुडलक टेलर्सका छोराको रुपमा चिनिएका मोहम्मद फिरोज वैदेशिक
रोजगारका लागि मलेसिया, कतार, थाइल्याण्डसम्म पुगे । वैदेशिक रोजगारीले समेत सन्तुष्टि दिन नसक्दा र आफ्ना पिताले सञ्चालन गरेको टेलरिङ्ग व्यवसायप्रति रुझान नभएपछि अलीले अन्तत ः वृहत सोच राखेर झण्डै ७० लाखको लागतमा नेपाल युनिफर्म हाउस सञ्चालनमा ल्याएका हुन् ।
नगर स्तरीय नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष, जिल्ला सदस्य, केन्द्रीय सदस्य हुँदै हाल केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका अलिले यही प्रयोजनका लागि देशका ३०÷३५ जिल्लाको भ्रमण समेत गरेका थिए । काठमाण्डौ पोखरा लगायता केही ठूला सहरमा एउटै छानोमुनी सम्पूर्ण सामाग्रीका पसल देखेपछि उनले धरानमा पनि नेपाल युनिफर्म हाउस खोलेका हुन । अहिले धरानमा विद्यार्थी, कर्मचारी लगायतको दुुईवटा पेन्ट, दुई वटा सर्ट, एउटा कोट र एउटा एप्रोनको सिलाई समेत गरेर १३ हजार ५ सय लिने गरिएको छ । तर नेपाल युनिफर्म हाउसले क्वालिटीयुक्त कपडासहित पेन्ट दुई, सर्ट २, कोट १ र एप्रोनसहित ९ हजार ५ सयमा तयार गने गरेको छ । कतिसम्म सस्तोमा ग्राहकहलाई सामान उपलब्ध गराउन सकिन्छ भनेर अलिले निकै ठूलो मेहनत गरेको
देखिन्छ । विगतमा युनिफर्म हाउस सञ्चालन गर्ने सोच लिएर उनले नेपालका आधा दर्जन भन्दा बढी कपडा उद्योग चहारे । म युवा हुँ मसँग नयाँ सोच र व्यवायिक भिजन छ भन्दै आफ्ना योजना सुनाउँदा पनि अधिकांश उद्योगले उद्योगको मूल्यमा सिधै सामान उपलब्ध गराउन नसक्ने, डिलरहरुबाटै सामान लिन आग्रह गरे । तर उनले आफ्नो अभियानलाई जारी राखे । त्यसै क्रममा उनी बीरगञ्जको  नोभेल टेक्सटाइल पुगे । उद्योगका सञ्चालक रमेश गाडियाले उनलाई सम्पूर्ण कुरा सुनेपछि हार्दिकताका साथ उद्योगकै मूल्यमा सामान उपलब्ध गराइदिए । अलिको यात्रा यतिमै रोकिएन । उनले आफ्ना साझेदार एमडी सागीर (छोटु) लाई लिएर काठमाण्डौका जुत्ता उद्योग, व्याग उद्योगहरु चहारे । क्वालिटी फुड ल्यान्डका जुत्ता, अत्यन्तै बलिया र आकर्षक व्यागहरु आफ्नो युनिफर्म हाउसमा भिœयाए । आज नेपाल युनिफर्म हाउसमा १२ प्रकारका समानहरु रहेका छन् । धरानका उपभोक्ताहरु नठगिउन भनेर यस प्रकारको कन्सेप्ट ल्याएको सागिरले बताए ।
युनिफर्म हाउसमा ३५ जनालाई रोजगार
धरानमा मात्र नभएर पूर्वाञ्चलमै पहिलो पटक अत्यन्तै व्यवस्थित रुपमा सञ्चालनमा  आएको नेपाल युनिफर्म हाउसले ३५ जना युवा युवतीहरुलाई प्रत्यक्ष
रोजगारीको अवसर जुटाइदिएको छ ।
दुई जना युवा व्यवसायीको कन्सेप्टबाट सञ्चालनमा आएको युनिफर्म हाउसले धरानमा ३५ जना युवा युवतीहरुलाई रोजगार उपलब्ध गराउनु सामान्य कुरा होइन । सञ्चालक महोहम्मद फिरोज अलि भन्छन्, हाम्रो मुख्य उद्देश्य भनेको बजारमा उपभोक्ता नठगिउन, एउटै छानामुनि सम्पूर्ण सामानहरु उपलब्ध गराउनु, न्यून मुनाफमा काम गर्नु र बेरोजगर युवा युवतीहरुलाई रोजगारको सानो अवसर जुटाउनु नै हो ।

मलाई विश्वास छ हाम्रो अभियानलाई सबैले साथ दिनुहुनेछ–मो फिरोज अली

द्द नेपाल युनिफर्म हाउसमा के कस्ता सामानहरु पाइन्छन् ?
–कोट, पेन्ट, सट, मिडी, हाउस डे«स, एप्रोन, जुत्ता, मोजा, व्याग, सेपकोट, ट्रयाकसुट, भेष्ट, टि–सर्ट लगायतका १२ प्रकारका आइटमहरु पाइन्छ ।
द्द समग्रमा हामीले भन्नुपर्दा कपडाको डिपार्टमेन्ट स्टोरको रुपमा लिँदा हुन्छ ?
–हो । यही नै हो । एउटा मिनी डिपार्टमेन्ट स्टोर हो । हामीले मेसिन, जुत्ताको सो रुम, कपडाको सो रुममा ३०÷३५ जनालाई
रोजगारी दिएका छौं ।
द्द यो नौलो सोच तपाईलाई कहाँबाट आयो ?
–यो सोच भनेको म आफै नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको केन्द्रीय सदस्य हुँदा नै मैले एउटा प्रण गरेको थिए । यो दुई चार महिनाको सोच र मेहनतले खोलिएको होइन । तीन चार बर्षदेखि मैले तयारी गर्दै आएको थिएँ । अहिलेको हाम्रा केन्द्रीय महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको सपोर्ट मलाई भयो । उहाँहरुले मेरो भिजनलाई प्रशंसा गर्नुभएको थियो । चैत्र ९ गते यसको विधिवत उद्घाटन भयो । त्यसको प्रमुख अतिथि नेपालक कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ र नोबेल टेक्सटाइलका सञ्चालक रमेश गाडियाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
द्द आगामी दिनमा तपाईको यस क्षेत्रमा थप योजना के छ ? सामानहरु थपिदै जान्छन् कि यतिलाई नै निरन्तरता दिनुहुन्छ ?
–धरामा यो युनिफर्मा हाउसलाई धरानबासीले मन पराइदिनुहुन्छ भन्ने मलाई विश्वास छ । यहाँबाट सम्पूर्ण सामाग्री विना बार्गेनिङ्ग निश्चित मूल्यमा बजार भन्दा सस्तोमा पाइन्छ । यसलाई आगामी दिनमा प्रदेश नं. १ का मुख्य सहरहरु धनकुटा, इलाम, इटहरी, दमक, विराटनगर, विर्तामोड लगायतका सरहरुमा खोल्ने सोच मैले बनाएको छु ।
द्द समानहरु थप्दै जान्छौ होला नि ?
–अहिले हामीले सामान थप्न थालिसकेका छौं । उपभोक्ताको माग बमोजिम सामान थपिदै जान्छन् ।
द्द यस्तो खालको पसलहरु नेपालका अन्य सहरमा पनि छन् ?
–छन् । पोखरामा, काठमाण्डौमा यस्ता पसल छन् ।  विराटनगरमा पनि छ भन्ने सुनेको छु । तर मैले देखेको छुइन । हाम्रो धरानमा खोलिएको पसल देख्दा हाम्रा केन्द्रीय अध्यक्ष, सदस्यहरुले यो त नौलो भयो भन्नुभएको थियो ।
द्द यसका लागि तपाईले कति लगानी गर्नुभएको छ ?
–यसमा अहिले ७०÷७५ लाख लगानी भएको छ ।
द्द लगानीको स्रोत कसरी जुटाउनु भयो ?
–पहिलो त बैंकिङ्ग नै हो  मेरो आÏनै साडु भाई जो नेपाल युनिफर्म हाउसमा साझेदारी पनि हुनुुहुन्छ उहाँले राम्रै लगानी गर्नुभएको छ । बैंक, ऋण र आफूसँग भएको पूँजी लगानी गरेका छांंै । विश्वास छ हामीलाई सबैले माया गरिदिनु हुन्छ ।
द्द यहाँ रोजगारीमा रहनु भएकाहरुलाई तपाईहरुले दिएको सुविधाबाट सन्तुष्ट हुनुहुन्छ ?
–सन्तुष्ट हुनुहुन्छ । सन्तुष्ट नभए उहाँहरुले कामै गर्नुहुने थिएन । हामी आफै उत्पादन हेर्छौ । सिलाईको काम हो, कहिलेकाँही गल्ति पनि हुन सक्छ । त्यसमा हामी सतर्क छौं ।
द्द अन्तेमा केही भन्नु छ ?
–युवा व्यवसायीहरुको भिजन कस्तो छ भनेर एकपटक आएर हेरिदिन अनुरोध गर्दछु । हरेक क्षेत्रमा युवालाई रोजगारी कसरी दिने भनेर राज्य पनि चिन्तित
छ । अहिले हामीले आफै रोजगारीको अवसर सिर्जना गरेका छौं । म पनि एउटा युवा व्यसायी हुँ । मलाई विश्वास छ हाम्रो अभियानलाई सबैले साथ दिनुहुने छ ।

तपाईको प्रतिक्रिया