सुनसरी उद्योग वाणिज्य संघको पचपन्न बर्षको यात्रा ः आफ्नै भवन व्यवस्थित बनाउनेदेखि लिएर व्यवसायीको हक, हित। किशानलाई उन्नत विउ विजन वितरण र सामाजिक उत्तरदायित्व निर्वाहमा अग्रस्थानमा

धरान÷आजभन्दा ५५ बर्ष अगाडि अर्थात वि.सं. २०२० साल भाद्र १३ गते धरानका प्रतिष्ठित उद्योगी, व्यवसायीहरुको पहलमा गठन भएको तत्कालीन व्यपार प्रवन्ध समिति हालको सुनसरी उद्योग वाणिज्य संघ अनेकौ आराह अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको हो ।
कहिले संघले आफ्नै अस्तित्व जोगाउन संघर्ष गर्नु परेको थियो भने कहिले व्यवसायी बीचकै आपसी मनमुटावले संघ धरासायी बन्न पुगेको थियो ।  वि.सं. २०२० भाद्र १३ गतेदेखि २०५२ कार्तिक २८ गतेसम्म व्यापार प्रबन्ध समिति, २०६९ फागुन १३ गतेदेखि उद्योग वाणिज्य संघ सुनसरी हुँदै २०६९ साउन २८ गतेदेखि सुनसरी उद्योण वाणिज्य संघमा रुपान्तरण भएको थियो ।
हाल संघको २२ औं कार्यकारिणी समितिले सुनसरी उद्योग वाणिज्य संघको नेतृत्व गरिरहेको छ । २२ आंै कार्यकारिणी समितिले आफ्नो तीनबर्षे कार्यकालमा सुनसरी उद्योग वाणिज्य संघलाई थप व्यवस्थित बनाउँदै उद्योगी व्यवसायीको हितसँगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दे आएको छ । व्यवसायी एवम् समाजसेवी राजेन्द्र साहको अध्यक्षतामा
रहेको कार्य समितिमा निवर्तमान अध्यक्ष सरोज श्रेष्ठ, उपाध्यक्ष विजय श्रेष्ठ, द्वितीय उपाध्यक्ष गिरीधारी सापकोटा, महासचिव शिवराज श्रेष्ठ, कोषाध्यक्ष राजेश अग्रवाल, उद्योग सचिव महेन्द्र प्रधान, वाणिज्य सचिव मनोज श्रेष्ठ, प्रचार तथा संगठन सचिव उपेन्द्र चाम्लिङ्ग, कार्य समिति सदस्य विमला श्रेष्ठ, पियुसराज आचार्य, सुभेच्छा अधिकारी, किरण कुमार अग्रवाल, किसन मास्के, मानबहादुर विश्वकर्मा, नविनराज
राजभण्डारी, दिपककुमार श्रेष्ठ, सञ्जयकुमार अटल, अनिलकुमार अग्रवाल, अनिल अग्रवाल (प्रिन्स), राजेश अग्रवाल गोयल,
राजकुमार निरौला र शरदरत्न पार्थिवले आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।
वर्तमान नेतृत्वको सबैभन्दा ठूलो उपलब्धी विगतमा सुनसरी उद्योग वाणिज्य संघमा २५ सय व्यवसायीहरुको मात्र आवद्धता रहेको थियो भने हाल यो संख्या बढेर ३६ सय पु¥याएको छ । अर्थात संघले आफ्नो कार्यकालमा दर्जनौ प्रभावकारी कामहरु सम्पन्न गरेको छ । संघकै पहल र सहयोगमा पुतलीलाइन, कलेजरोड र कैलाश पथ (भौडी) मा सिसी क्यामेरा जडान
गरिएको छ । व्यवसायिक दृष्टिले धरानको अत्यन्तै महत्वपूर्ण मानिएको तर
सुरक्षा संवेदनशीलता रहेका ती स्थानमा सिसी क्यामेरा जडान भएपछि चोरी लगायतका सामाजिक अपराधका घट्नामा कमी आएको व्यसायीहरु बताउँछन् । यस भन्दा अगाडि पनि सुनसरी उद्योग वाणिज्य संघले आफ्नै खर्च र पहलमा
धरानका विभिन्न १० स्थानमा सिसी क्यामेरा जडान गरेको थियो । यसका अलावा अध्यक्ष राजेन्द्र साहको सक्रियतामा संघको हाताभित्र रहेको चेम्बर गेष्ट हाउसको तला थप्ने,
रंगरोगगन गर्ने र गेष्ट हाउसलाई आवश्यक पर्ने सम्पूर्ण फर्निचरका साामानहरु खरिद गरिएको छ ।
तीन बर्षको अवधिमा सघको भुईतलामा टायल मार्वल ओछ्याउने, आधा दर्जन भन्दा बढी सिलिङ्ग पंखा जडान गर्ने, मुख्य गेट निर्माण गर्ने, मिलेनियम हलको साजसज्जा गर्ने, रंगरोगन गर्ने जस्ता महत्वपूर्ण कामहरु समेत भएका छन् । यही अवधिमा प्रादेशिक महोत्सव २०७४ सम्पन्न हुनुका साथै प्रदेशको समृद्धिका लागि वृहत गोष्ठी र विज्ञहरुद्वारा चारवटा विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिएका थिए ।  विज्ञहरुले धरान लगायत समग्र पूर्वाञ्चलको पर्यटन क्षेत्र, कृषि क्षेत्र, उद्योग र ऊर्जाका क्षेत्रमा आफनो कार्यपत्र प्रस्तुत गरेका थिए । सुनसरी उद्योग वाणिज्य संघको पहलमा सुनसरीका कृषकहरुलाइ १२ सय रुद्राक्षका विरुद्ध निःशुल्क
वितरण गरिएको थियो । धरान, भरौल, महेन्द्र नगर लगायतका स्थानका किसानहरुलाई रुद्राक्षका विरुवासँगै ५० क्विन्टल मुुसुरोको विउदाल वितरण गरिएको थियो । वाणिज्य मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत वाणिज्य संघको पहलमा
मुसुरो दाल वितरण गरिएको थियो ।
यसका अलावा सुनसरी उद्योग वाणिज्य संघले एक महिने बाँसजन्य हस्तकलाका सामाग्रीको निर्माण सम्बन्धी तालिम, ३ वटा आयात निर्यात सम्बन्धी गोष्ठी, ँल्ऋऋक्ष् को सहमतिमा फागुन १ गतेदेखि समिृद्धि आयोजनाको शुरुवात, समय समयमा करदाता शिक्षा कार्यक्रमको सञ्चालन, ४८ वटा अन्य विविध कार्यक्रमहरु समेत भएका छन् ।
हाम्रो कार्यकालमा ठूलो उपलब्धी भएको छ

 

ज्ञ सुनसरी उद्योग वाणिज्य संघको तीनबर्षे कार्यकालमा तपाइले के कस्ता कामहरु गर्नुभयो ?
–उद्योग वाणिज्य संघमा आएपछि तीन बर्षमा मैले धेरै काम गरेको छु । व्यवसायीहरुको हक हितका लागि मैले आफूलाई केन्द्रित गरे । यो संस्था भनेकै व्यवसायीहरुको हित र प्रवद्र्धनको लागि हो । व्यवसायीहरुका जे जस्ता गुनासाहरु थिए ती सबै समाधान गरेको छु । म आउँदा व्यवसायीहरुले धेरै गुनासाहरु
गरेका थिए । शान्ति सुरक्षाको सवालदेखि अन्य धेरै कुरामा सम्बन्धित निकायसँग बसेर घनिभूत छलफल गरेर उहाँहरुका समस्या समाधान गरेको छु । पहिला सुनसरी उद्योग वाणिज्य संीघमा २५ सय मात्र सदस्य थिए । मेरो कार्यकालमा ३६ सय पु¥याएको छु ।
ज्ञ यो त व्यवसायीहरुलाई एउटा छाता संगठनमा ल्याउने काम गर्नुभएको हो । तपाईले संघमा अन्य के के काम गर्नुभयो । जस्तै भौतिक निर्माणका कुरा पनि त हुन्छन् नि ?
– म आउनासाथ मैले संघको मुख्य गेट बनाएँ । गेट लथालिंग थियो । गेट पूरै भाँचिएको थियो । गेटको पूरै सिर्जना गरे । त्यसपछि चेम्बरको गेष्ट हाउसको दोसो तला निर्माण गरेँ । ग्राउन्ड फलोरमा आकर्षक टाली लगाएँ । गेष्ट हाउमा फर्निचर, रंग
रोगन लगायतका कामहरु गरे । टेड्रिङ्ग हललाई थप व्यवस्थित गरेको छु । ट्रेडिङ्ग हलमा पर्दा थिएनन्, सीसाहरु फुटेका थिए, फर्निचरको अवस्था पनि त्यस्तै थियो । त्यसलाई व्यवस्थित बनाएँ ।
ज्ञ तपाईले आफ्नो ती्न बर्षे कार्यकालमा गरेका सकारात्मक कामहरु यिनै हुन ?
–यसका अलावा मैले मेरै कार्यकालमा विभिन्न क्षेत्रबाट स्रोत जुटाएर मितेरी विकास बैंकमा २० लाख रुपैया संघको नाममा जम्मा गरिदिएको छु । एक लाख रुपैया दैनिक प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको छु ।
ज्ञ त्यो दैवी प्रकोप उद्धार कोष भनेको प्रधानमन्त्री दैवी उद्धार कोष हो ?
–होइन । त्यो सुनसरी उद्योग वाणिज्य संघकै एउटा शीर्षक अन्तर्गतको हो ।
ज्ञ दैवी उद्धार कोषको खाता उद्योग वाणिज्य संघकै हो ?  यस्तो खाता रेडक्रसको पनि हुन्छ । त्यो होइन ?
–होइन । हाम्रै हो । यो कोषबाट हामी आपत्तकालीन अवस्थामा थोरै भएपनि पीडित परिवारलाई राहत प्रदान गर्न सकियोस् भनेर व्यवस्था गरेका हौं । यस भन्दा अगाडि यस्तो खाता सुनसरी उद्योग वाणिज्य संघमा थिएन । यो मेरै पहल र सोच अनुसार तयार गरिएको हो । अरु पनि मैले धेरै कार्यक्रमहरु ल्याएँ ।
ज्ञ तपाईले आफ्नो कार्यकालमा के के कार्यक्रमहरु ल्याउनुभयो ?
–जस्तै मेरै कार्यकालमा मैले रुद्राक्षका विरुवाहरु वितरण गरे, मसुरोको विउ वितरण, केन्डी बनाउने मेसिन ल्याएँ, अदुवा ड्राइ गर्न मेसिन ल्याएँ, बेसार फे्याक्ट्री सञ्चालन गरे । बेसार फ्याक्ट्रीको जति पनि बिलहरु बक्यौता थिए जस्तै विजुली पानीको सबै मेरै कार्यकालमा भुक्तानी गरिदिए ।
ज्ञ अहिले अदुवा सुकाउने ड्राइ मेसिन, हर्दी फ्याक्ट्री लगायत चालू छ ?
–हर्दी  फ्याक्ट्री चालु छ । अदुवाको मेसिन र बेसारको ड्राइ मेसिनचाहिँ हाल चालू भएको छैन ।
ज्ञ किन चालू हुन नसकेको होला त ?
–त्यो फिटिङ्ग गर्न नभ्याएको हो ।
ज्ञ फिटिङ्ग गर्न नभ्याएको हो कि केयर लेस हो ?
–केयरलेसचाहिँ हैन । नभ्याएकै हो ।
ज्ञ अब कहिले चालू गर्नुहुन्छ त ? तपाईको तीनबर्षे कार्यकाल समाप्त हुन लाग्यो हैन ?
–हामीले मान्छे लगाएका छौं ।
ज्ञ त्यसलाई कहाँ राख्नुहुन्छ ?
–हाम्रो चतरालाइनमा आफनै भवन छ । त्यही राख्छौं ।
ज्ञ त्यहाँ अहिले कति जनाले रोजगारी पाएका छन् ?
–अहिले चारजनाले काम पाएका छन् ।
ज्ञ उत्पादन कस्तो भइरहेको छ ?
–असाध्यै राम्रो छ ।
ज्ञ त्यसको मार्केट वा बजार कहाँ हो ?
–हामीले धरानमै सप्लाइ दिइरहेका छौं ।
ज्ञ मुनाफा कस्तो छ ?
–मुनाफा पनि छैन, घाटा पनि छैन । कर्मचारीहरुलाई तलब दिन पुगिरहेको छ ।
ज्ञ उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितमा मैले धेरै काम गरे भन्नुभयो, के कस्ता कामहरु ग¥यो त ?
–व्यवसायीहरुलाई साह«गाह«ो पर्दा हामी आफै गएर त्यसको समाधान गरिदिएका छौं । उनीहरुलाई संरक्षण गरेका छौं  आन्तरिक राजस्व कार्यालयले यो भन्दा अगाडि धेरै दुःख दिने गरेको गुनासा आएका थिए । अहिले त्यस्तो अवस्था छैन । यस्तै हो नि सहयोग भनेको ।
ज्ञ व्यवसायीहरुका गुनासा के कस्ता छन् ?
–अहिले त्यस्तो गुनासा आएका छैनन् । पहिला चन्दा चिठ्ठा आतंकका कुराहरु आउँथे । अहिले छैन ।
ज्ञ तपाईको कार्यकालमा संघको भौतिक संरचना निर्माण, व्यवसायीहरुको हकति बाहेक सामाजिक क्षेत्रमा पनि कामहरु भएका छन् ?
–धेरै काम भएका छन् । धरान १८ पुराण सम्पन्न भएको थियो । मैले आफै संयोजक भएर त्यसलाई पूरा गरेँ । त्यो अन्यन्तै सफल भयो । सानो तिनो अरु धेरै कामहरु भएका छन् ।

 हाम्रो कार्यकालमा रचनात्मक कार्यहरु भएका छन्–महासचिव शिवराज श्रेष्ठ

 

द्धसुनसरी उद्योग वाणिज्य संघमा तपाईले तीनबर्षे कार्यकाल व्यथित गर्न लाग्नु भएको छ । तपाईको कार्यकालमा उद्योग वाणिज्य संघमा के कस्ता कामहरुहरुलाई अगाडि बढाउनु भयो ?
–यो तीन बर्षे कार्यकालमा धेरै कामहरु भएका छन् । सामाजिक क्षेत्रमा, संस्थाको व्यवस्थापन क्षेत्र, आर्थिक क्षेत्रमा धेरै कार्यक्रम गरेका छौं । हामीले उद्योगी व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सिसी क्यामेराको जडान गरेका छौं । बजारमा भएकाहरुको ममर्तसँगै अरु पनि थपेका छौं । श्यामचौक, महादेव चौक जस्ता ठाउँमा सिसी क्यामेरा थपेका छौं । यसैगरी व्यवसायीहरुका लागि समयानुकूल तालिमहरु सञ्चालन गरेका छौं । पर्यटन व्यवसायीहरुका लागि गाइड तालिम सम्पन्न  गरेका छौं । सुनसरी उद्योग वाणिज्य संघ र पर्यटन बोर्डको संयुक्त आयोजना, धरान उपमहानगरपालिका र होटल व्यवसायी संघको सह आयोजनामा ५ दिने लोकल गाइडको तालिम सम्पकै गरेका छौ ।
द्धअरु पनि धेरै कार्यक्रमहरु भएका छन् हैन ?
–हो धेरै भएका छन् । करदाता शिक्षा कार्यक्रम पनि एउटा हो । कतिपय व्यवसायीहरुलाई अहिले पनि कर सम्बन्धी पूर्ण ज्ञान छैन । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार उद्योग वाणिज्य संघ र धरान उपमहानगरपालिकाबीच भएको व्यवसाय कर संकलन सम्बन्धी कार्यक्रम अत्यन्तै प्रभावकारी रहयो । यसैगरी नेपाल सरकार र श्रम कार्यालय रोजगार तथा सूचना केन्द्र विराटनगरसँगको सहकार्यमा आपसी सहकार्यका विषयमा छलफल, संघको ५३ औं बार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा उद्योग वाणिज्य महासंघ र सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा दुई दिने उद्यमशील विकास कार्यक्रम सञ्चालन ग¥यौं । त्यसमा ४५ जनाको सहभागिता रहेको थियो ।
द्धपर्यटनका क्षेत्रमा पनि त काम भएको होला ?
–भएको छ । सुनसरी उद्योग वाणिज्य संघ र धरान जेसिजको आयोजनामा तथा जिल्ला समन्वय समिति सुनसरी र धरान उपमहानगरपालिकाको आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा सुनसरीको पर्यटकीय स्थल, होमस्टे खोसार्ने खाप (धिमाल) गाउँ सम्म धरानबाट उद्योगी व्यवसयीहरु, पर्यटन व्यवसायीहरु, सञ्चारकर्मीहरु, सर्वसाधारण समेतको टोली साइकल यात्रामा गएर एक दिन बसी स्थानीय बासीहरुको
रहनसहनका बारेमा जानकारी लिएको
थियो ।
द्धसम्बृद्धि आयोजना कार्यक्रम सम्बन्धी अलिकति बताइदिनुस् न ?
–यस सम्बन्धमा हामीले २०७४ भाद्र २६ गते एक वृहत जिल्ला स्तरीय कार्यक्रम सञ्चालन ग¥यौै । कार्यक्रममा सुनसरी जिल्लामा रहेका सरकारी तथा गैर
सरकारी कार्यालयहरु, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो । ०७४ साउन २८गते नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि उद्यम केन्द्र, सुनसरी उद्योग वाणिज्य संघ र ग्रामीण उद्यम तथा विप्रेषण कार्यक्रम (समृद्धि) बीच सम्भmौता भएर कार्यक्रम सञ्चालन भइरहेको छ ।
द्धसुनसरी उद्योग वाणिज्य संघले सामाजिक क्षेत्रमा पनि कार्यक्रम
गरेको छ ?
–छ । ०७४ साउन २८ र २९ गते आएको अविरल मनसुनी बर्षा र बर्षाको
कारणबाट आएको भीषण बाढीमा परेर कैयौ व्यक्तिहरुको धनजनको क्षति भयो । पीडितहरुलाई विभिन्न वस्तुगत संघहरुको सहयोगमा राहत वितरण गर्ने काम भएको थियो । सुनसरी जिल्लाको ग्रामीण क्षेत्र इनरुवा ९ बबिया, इनरुवा १०, जाल्पापुरवडा नं. ४, भोक्राहा वडा नं. ७ का गरी १ सय ५० बाढी पीडित परिवारलाई तत्काल राहत सामाग्री पु¥याइएको थियो । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि सुनसरी उद्योग वाणिज्य संघले धेरै कामहरु गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिका, स्थानीय कृति टेलिभिजनको संयुक्त आयोजना र सहकार्यमा हरेक शनिवार स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिदै आएको र हाल उक्त कार्यक्रम शुक्रबार सञ्चालन हुदै आएको छ ।
द्धसंघले सीपमूलक कार्यक्रम पनि सञ्चालन गरेको छ ?
–सीपमूलक कार्यक्रम त संघको प्राथमिकतामै पर्छ । ०७४ कार्तिक १० गते सुनसरी उद्योग वाणिज्य संघ र वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा सुनसरी पकेट क्षेत्रमा रुद्राक्षको गुणस्तर विरुवा वितरण, अदुुवाको केन्डी बनाउने मेसिन वितरण, मसुरोको गुणस्तरीय विउ वितरण, बाँसजन्य हस्ताकला तालिम प्रदान, खुकुरी बनाउने आरन निर्माण र तालिम कार्यक्रमको सम्झौतामा संस्थाले हस्ताक्षर नै गरेको छ । यसैगरी नेपाल सरकार कृषि इन्जिनियरिङ्ग निर्देशनालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघ, धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा तेसो अन्तर्राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी धरानमा आयोजना भएको थियो । यस्तै २०७४ मंसिर ४ गते छैठौ कर दिवसको अवसरमा धरानका व्यवसायीहरुलाई लक्षित गरेर कर शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । बार्षिक रुपमा संघले यस्ता धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
द्धअरु पनि केही छ ?
–चेम्बर गेष्ट हाउसको तला थप्ने काम पनि यही कार्य समितिको पालामा भएको हो । कृषि उत्पादनमा इच्इए कार्यक्रम अन्तर्गत बेसार खेतिलाई प्रोत्साहन गरी व्यवायी उत्पादन शुरु गरी बजार विस्तार गरिएको छ ।

तपाईको प्रतिक्रिया