धरान उपमहानगरमा गाभिए पनि अझै विकास भएन विष्णुपादुकाको

धरान÷ धरान उपमहानगरपालिका सुगम सहरको रुपमा परिचित छ । सहरका गल्ली गल्ली चौक चौक कालोपत्रे भएका छन् जसका कारण धरानलाई कालोपत्रे सहर पनि भनिन्छ । यसो भनिरहदा धरानको कुनै कुनै वडा विकट र कहालीलाग्दो पनि छ भन्दा पत्यार नलाग्न सक्ला । यस्तै छ साविकको विष्णुपादुका गाविस र हाल धरान उपमहानगरपालिकामा गाभिएर बनेको धरान २० । यहा घु्म्न आउने पर्यटकलाई भने धरानमा गाभिएर पनि धरानभन्दा भिन्दै स्थान हो भन्न भान हुने गरको छ ।
साविकको विष्णृपादुका गाविस र हाल धरान उपमहानगरपालिकामा गार्भिपछि बनेको २० नं. वटा भौगोलिक रुपमा विकट छ । सफा, सुन्दर र सुविधा सम्पन्न सहको रुपमा परिचित धरानको २० नं. वडा घुम्न आउने पर्यटकले धरानभन्दा छुटु्टै र विकट वडाको रुपमा अनुभूति गर्ने गर्छन् । त्यसमा पनि बीचमा सर्दु खोलाका कारण बर्षादका समयमा धरानसंग नै सम्बन्ध विच्छेद हुने गरेको छ ।
क्षेत्रफलको हिसाबले धरानका २० वटै वडा भन्दा ठूलो वडाको रुपमा
रहेको धरान २० विष्णुपादुकालाई पछिल्लो समय धरान उपमहानगरपालिकाले पनि विकासका लागि विशेष योजनाहरु अगाडि सारेको छ । सधै धुलाम्बे र हिलाम्बे अनि सर्दु खोलामा आएको बाढीका कारण बर्षादको समयमा धरानसंग बर्षेनी सम्बन्ध विच्छेद हुन बाध्यता नआआस् भनेर धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति गर्ने काम धमाधम भइरहेको छ भने भविष्यमा यहासम्म कालोपत्रे बनाउने योजना नै उपमहानगरपालिकाले लिएका छ । यस्तै सर्दु खोलाको दीर्घकालीन समस्या समाधानका लागि पक्ली पुल निर्माण समेत गरिदैछ निर्माण समितिले जुन ०७६ चैत्र सम्म सक्ने लक्ष्य लिएको
छ ।
ठूलो वडा र त्यसमा पनि विकट वडा भएका कारण धरानको मंगलबारेदेखि विष्णुपादुकासम्मको २३ किमी सडकलाई स्तरोन्नति गर्ने काम धमाधम भइरहेको र भविष्यमा यस सडकलाई कालोपत्रे बनाउने योजना अगाडि सारिएको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठले बताउनुभयो ।
जसका लागि ३७ लाख बजेट छुट्याइएको छ । २५ प्रतिशत जनश्रमदान र बाँकी ७५ प्रतिशत सडक पोल नेपाल नामक संस्था र धरान उपमहानगरपालिकाको साझेदारीमा सडक स्तरोन्नति ुशुरु गरिएको उहाले बताउनुभयो ।
सडक के कसरी निर्माण हुदैछ भन्ने विषयमा धरान उपमहानगरपालिकाको प्राविधिक टोलीले बेलाबेलामा  अनुगमन समेत गर्ने गरेको छ । निर्माण शुरु भएदेखि हालसम्म पाच पटक अनुगमन गरेको टोलीले समेत काम सन्ताषजनक रुपमा अगाडि बढेको पाएको छ । अनुगमनमा जानु भएका धरान उपमहानगरपालिका वडा नंं १३ का वडा अध्यक्ष नेत्र काफ्लेले काम सन्ताृेषजनक रुपमा भइरहेको बताउनुभयो ।
अनुगमनका क्रममा केही भौतिक संरचनाहरु भने बजेट अभावकै कारण बीचैमा छोडर अलपत्र भएको समेत पाएको थियो । सुरक्षाको चुनौति रहेको विष्णु पादुका जहा सागुरी गढी नगरपालिकासंग सीमा जोडिएको छ । धेरै लागू औषध गाजा यही बाटो भएर
धरान भित्रिने गरेको पाइएको छ । यस्तो ठाउमा निर्माण हुन लागेको प्रहरी चौकी भने बिजेट अभावमा अलपत्र परेको निर्माण समितिले बताएको छ । तीनकोटे एकतला भवनको निर्माण सम्पन्न गर्न करिब ३० लाखको लागत लाग्न भएपनि बजेट अभावका कारण ७० प्रतिशत मात्र काम सकिएको निर्माण समितिका अध्यक्ष रामकुमार तामाङले बताउनुभयो ।
विकट वडाको रुपमा रहे पनि सहज  रुपमा यातायात सञ्चालन हुन सक्यो भने यो स्थान धार्मिक पर्यटकीय स्थल हुने सम्भावना पनि उत्तिकै छ । यस स्थानमा पौराणिक महत्व बाकेको विष्णुपादुका मन्दिर, माछा मारा डाडामा वुटिश भूतपूर्व सैनिकहरुले निर्माण गर्दै गरेको वृटिश गोर्खा स्मृति पार्क, झण्डी डाडा लगायतका अत्यन्तै मनोरम दृश्यवोलकन गर्न स्थान रहेका छन् । धरान उपमहानगरपालिकाले यस क्षेत्रको विकासलाई जोड दिने हो भने भविष्यमा यो नगरको सबैभन्दा आकर्षक र पर्यटकीय गन्तव्य स्तल बन्नेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया