इटहरी/पूर्वेली ग्राहकहरुका माझ गोरखा डिपार्टमेन्ट स्टोर सर्वाधिक लोकप्रिय बन्न पुगेको छ । झण्डै डेढ दशक अगाडि बलराम आचार्यको एकल योजनामा सञ्चालन भएको यसले आज पूर्वकै बजारमा आफ्नो पकड र पहिचान दुुवै बनाएको छ ।
आज पूर्वका कुनैपनि बासिन्दा गोरखा डिपार्टमेन्टप्रति अनविज्ञ छैनन् । जुनसुकै समुदायमा पनि यसको आÏनै प्रकारको छाप परेको छ । सहरमा बस्ने कुलीन र सम्भ्रान्त परिवार होस् या उच्च तहका जंगीया निजामति कर्मचारी हुन या ग्रामीण क्षेत्रमा बासोबास गर्ने मध्यम वर्गीय तथा निम्न वर्गीय परिवार हुन् सबैका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै पहिलो रोजाइमा परेको पाइन्छ । दैनिक उपभोग्य देखि लिएर भौतिक सुविधाका लागि प्रयोग हुने सम्पूर्ण सामानहरु एकै थाप्लोमा पाइनु, मूल्यमा कुनै मोलतोल नहुनु, सफा सुग्घर तथा ग्राहकप्रति स्टोरका सेल्सम्यानहरुले आतिथ्यपूर्ण व्यवहार नै स्टोरप्रति ग्राहकको आकर्षण बढेको स्वयम् ग्राहकहरुकै ठम्याइ छ ।
सीपयुक्त कालिगढको हातमा पर्दा निर्मित वस्तु दीगो, टिकाउ र आकर्षण बन्न पुग्छ । गोरखा डिपार्टमेन्ट स्टोरको हकमा पनि यही सिद्धान्त लागू भएको देखिन्छ । नत्र डेढ दशकको अवधिमा डिपार्टमेन्ट स्टोरले यति ठूलो सफलता हासिल गर्न सक्ने थिएन । स्टोर सञ्चालनका सारथी बलराम आचार्यको कुशल व्यवस्थापन व्यवसायिक सोचले नै गोरखा डिपार्टमेन्ट स्टोरलाई यो ठाउामा ल्याइपुर्याएकोमा कसैलाई द्विविधा छैन । पूर्वाञ्चलमै डिपार्टमेन्ट स्टोरको पहिलो अवधारणा ल्याई सुरुवात गर्दा धेरैले अनेकौ टिप्पणी गरेको आचार्य आजसम्म पनि सम्झनु हुन्छ । विस्तारै यसले सफलता पाउादै गएपछि यसैको सिको गरेर पूर्वाञ्चलमा आज दर्जनौ डिपार्टमेन्ट स्टोरहरु खुलेका छन् । इटहरीमै पनि एक दर्जन डिपार्टमेन्ट स्टोरहरु सञ्चालनमा छन् । तर पूर्वेली ग्राहकहरुको पहिलो रोजाई नै गोरखा डिपार्टमेन्ट बन्न सफल भएको छ । न्याय नपाए
गोरखा जानु सामान नपाए गोरखा डिपार्टमेन्ट जानु भन्ने नारालाई स्टोरले व्यवहारमै उतारिदिएको छ ।
पूर्वाञ्चलकै व्यापारिक केन्द्रको रुपमा विकसित भइरहेको डिपार्टमेन्ट स्टोरमा धरान, विराटनगर, इटहरी, विराटचौक, दमक, बेलबारी, पथरी, लेटाङ्ग, इनरुवा, उर्लाबारी, विर्तामोड, इलाम, धनकुटा, हिले, बसन्तपुर, तेह्रथुम, भोजपुरका अलावा भारतको सिलगुढी, दार्जिलिङ्ग, खर्साङ्ग, सिक्किम, आसाम, जोगबनी, फारविसगञ्ज लगायतका स्थानमा ग्राहकहरु आउने गरेका छन् । यसका अलावा स्टोरले तीन सय भन्दा बढी महिलाहरुलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।
जाडोका न्याना लुगामा अत्याधिक भीड
जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,
भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पााचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महागो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाा पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पााचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाा नयाा डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पााच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।
तेस्रो र चौथो तलामा युवा–युवती
डिपार्टमेन्ट स्टोरको तेस्रो र चौथो तलामा अक्सर गरेर युवा युवतीहरुको भीड लाग्ने गरेको छ । युवायुवतीदेखि बृद्ध बृद्धाले लगाउने जुत्ता, मोजा, ब्लांककेट, गलैचा, चप्पलहरुमा ग्राहकहरु आकर्षित हुनुको प्रमुख कारण आकर्षक र ब्राण्डेड हुनु नै हो । स्वदेशी र विदेशी डिजाइनका आकर्षक, किफायती मूल्य नै यहााको विशेषता हो । यस्तै चौथो तलामा जाडोलाई नै लक्षित गरेर डिपार्टमेन्ट स्टोरले नयाा नयाा डिजाइनका कपडाहरु राख्ने गरेको
छ । ब्राण्डेड र आकर्षक कपडा किन्न युवा युवतीहरु टाढाटाढाबाट समेत आउने गरेको गोरखा डिपार्टमेन्ट स्टोरले जनाएको छ ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का,
धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
