धरान/धरान सिटी कलेजका विद्यार्थीहरु भारतको दार्जिलिङ्ग, सिक्किम, मिरिकको पााचदिने शैक्षिक भ्रमणबाट आइतबार सााझ फर्किएका छन् ।
धरान–९ स्थित अमना टुर एण्ड ट्राभल्सबाट मंसिर २४ गते त्यसतर्फ गएका विविएस तेस्रो बर्षका ६० जना विद्यार्थीहरुले सिक्किममा रहादा चारधाम, छाङ्गलेक, एमजी मार्ग, म्युजियम, गणेश तोप मन्दिर र त्यहाा रहेको प्रसिद्ध हेण्डीग्राफ उद्योगको अवलोकन गरेका थिए । कलेजका प्रिन्सिपल विशाल श्रेष्ठका अनुसार सिक्किमको सौन्दर्य, व्यवस्थित र अनुशासित सहर, सरसफाइ लगायतका कुराहरुबाट विद्यार्थीहरु अत्यन्तै प्रभावित भएका थिए । उहााका अनुसार अमना टुर एण्ड ट्राभल्सले कलेजका विद्यार्थीहरुलाई पहिला नै आफ्नो सम्पर्क सुत्रका माध्यमबाट बस्ने र खाने उचित व्यवस्था गरेकोले पनि शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरु सन्तुष्ट भएका थिए ।
यता दार्जिलिङ्गको दुई दिने भ्रमणमा समेत सिटी कलेजका विद्यार्थीहरुले चौरास्ताको आनन्द मात्र लुटेनन् त्यहाा रहेको भानुभक्तको पूर्ण कदको प्रतिमा देखेपछि गौरवको अनुभूति गरेका थिए । अमना टुर एण्ड ट्राभल्सका सञ्चालक अलिम अन्सारी (सत्रुघन) का अनुसार दार्जिलिङ्ग बसाइका क्रममा विद्यार्थीहरुले तेन्जिङ्ग म्यूजियम, चिडिया खाना, सनराइज, बतासे लुभ, बोटानिकल र सेन्टजोसेफ कलेजको अवलोकन गरेका थिए ।
