ठूलो परिमाणमा लागूऔषधसहित कारोवारी पक्राउ

इटहरी÷सुनसरीको ईटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्प अगाडीबाट प्रहरीले सोमवार लागूऔषध कारोवारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोवारमा संलग्न रहेको भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध सहित मोरङ बवियाविर्ता– ६ घर भई हाल ईटहरी उपमहानगरपालिका–२ मा डेरा गरी बस्ने वर्ष ३१ को जितेन्द्र राजवंशीलाई पक्राउ गरेको हो ।
राती ८ बजे राजवंशीको कोठामा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध नाइट्रोसनट्याब्लेट १ हजार ८ सय चक्की, त्चष्अबचभ ५ हजार ८ सय ५३ क्याप्सुल, स्वासपेन–८ सय ५० ट्याब्लेट, स्पास्मोप्रोक्सिभोन ट्याब्लेट ५ सय ८५ क्याप्सुल र ऋत्श् ७४ ट्याव्लेट बरामद गरेको हो ।
बरामद लागूऔषध सहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी  कार्यालय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया