धनकुटा÷धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुन्थलामा सोमवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
राती साढे ११ बजे कोशी राजमार्ग अन्तर्गत धनकुटाबाट तेह्रथुम तर्फ रड बोकेर जाँदै गरेको को. २ त.३१६६ नम्बरको ट्याक्टरको अगाडीको भाग (ईन्जिन) छुट्टिएर भिरबाट २ सय मिटर तल खस्दा ट्याक्टर चालक धनकुटा छथरजोर पाटीगाउँपालिका–५ बस्ने वर्ष३० को जितन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको हो भने सह–चालक सोही स्थान बस्ने बर्ष २९ को रत्नबहादुर गुरुङ गम्भीरघाइते भई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्र

