धरान÷गोपाल किरातीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संगठन विस्तारसैगै जनविद्रोह गर्ने तयारी गरेको छ ।
सोमबार धरानमा बसेको एक नं. प्रदेश कमिटीको वैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीर्का केन्द्रीय उपाध्यक्ष तिलक थापा मगरले यस्तो बताउनु भएको हो ।
उहाले समय र परिस्थिति हेरेर शसस्त्र वा शान्तिपूर्ण दुवै प्रकारको महान् जनबिद्रोह हुन सक्ने बताउनुभयो ।
ेउहाले प्रदेश कमिटी बैठकले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउन नहुने बताउदैे प्रतिबन्ध खारेज गर्न माग गरेको निर्णय भएको बताउनुभयो । उहाले विखण्डनकारी सिके राउतलाई सरकारकारले मुलधारमा ल्याई गरेको सम्झौताले देश खण्डनतिर जाने बताउदै पार्टीले यसको घोर विरोध गरेको बताउनुभयो ।
सो अवसरमा पाटीको प्रदेश बैठक विभिन्न ७ बुदे निर्णय गरेको जनाकारी गराइएको छ । निर्णय सार्वजनिक गर्दै प्रदेश नं. १ का अध्यक्ष विमल निरौलाले मुलुकमा भइरहेको भ्रष्टाचार , अनियमितता, अराजकता तथा सरकारको अनैतिक कामको विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताउनुभयो । बैठकको निर्णयले विभिन्न जिम्मेवारी समेत दिएको जानकारी दिएको छ ।
प्रदेश कमिटीको बैठकले झापामा पोलिटब्यूरो सदस्य डम्बर सुब्बालाई समन्वयकर्ता र दिपेन गोम्देनलाई इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै गरी मोरङमा सुरेन्द्र कटुवाललाई समन्वयकर्ता, प्रकाश राईलाई इन्चार्ज र केशव अधिकारीलाई संयोजक, सुनसरीमा लिला खड्कालाई समन्वयकर्ता, लक्ष्मण कार्कीलाई इन्चार्ज र जुडीलाल मोचीलाई संयोजकको जिम्मेवारी दिएको छ ।
त्यस्तै गरी धनकुटाको इन्चार्जमा गंगाराम गोम्देन, भोजपुरको इन्चार्जमा सकरण वान्तावा, इलामको इन्चार्जमा अमर लिम्बू, पाचथरको इन्चार्जमा लिला लिम्बू, खोटाङको इन्चार्जमा धनबहादुर लिम्बू, ताप्लेजुङको इन्चार्जमा अप्सरा बानिया र संखुवासभाको इन्चार्जमा कञ्चन दाहाललाई जिम्मेवारी दिएको छ भने प्रदेशका जनवर्गीय संगठनको जिम्मेवारी समेत बाडवाड गरिएको छ ।
