ठगी आरोपमा कोइराला प्रक्राउ

इटहरी÷सर्वसाधारणको रुपैया ठगी गरेको आरोपमा इटहरी–८ का रोहित कोइरालालाई प्रहरीले प्रक्राउ गरेको छ । ओरियन्स ग्लोवल नेटवर्क मार्केटिङ्ग कम्पनी अवैध रुपमा सञ्चालन गर्दै अएका कोइरालालाई प्रहरीले चैत्र १० गते आइतबार प्रक्राउ गरेको हो ।
कोइराला यस भन्दा अगडि पनि अर्थात साउन ६ गते आÏनै कार्यालयका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका कारण प्रक्राउ परेका थिए । भारतको चेन्नईमा मुख्य कार्यालय रहेको भनिएको उक्त कम्पनी नेपालमा अवैध रहेको प्रहरीले जनाएको छ । उनले स्वास्थ्य सम्बन्धी उत्पादन भन्दै सर्वसाधारणसँग करोडौ असुल गरी ठगी गरेको प्रहरीले जनाएको छ । यस भन्दा अगाडि प्रक्राउ पर्दा कोइराला धरौटीमा रिहा भएका थिए ।

तपाईको प्रतिक्रिया