मितेरी विकास बैंकको अध्यक्षमा मास्के

धरान÷मितेरी विकास बैंकको अध्यक्षमा किशन मास्के चयन भएका छन् । शनिवार धरानमा भएको १३ औं साधारण सभाले समाजसेवी एवम् व्यवसायी मास्केलाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्भत चयन गरेको हो ।
वैंक तथा वित्तीय संस्था ऐन २०७३ मुताविक नव निर्वाचित अध्यक्ष मास्केलाई आइबार नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक विनोदराज आचार्यले सपथग्रहण गराएका थिए । सोही दिन मितेरी विकास बैंकका नव नियुक्त सञ्चालक समितिका सदस्यहरु गम्भीरमान तन्डुकार, सुनिल श्रेष्ठलाई अध्यक्ष मास्केले सपथग्रहण गराएका थिए ।
सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक विनोदराज आचार्यले बैंक  तथा वित्तीय नियमावली अनुसार सपथ अनिवार्य हुन्छ । सपथले पदीय दायित्व निर्वाह गर्न प्रोत्साहन गर्ने प्रष्ट पार्दै नवयुक्ति अध्यक्ष एवम् सञ्चालक समितिका सदस्यहरुलाई शुभकामना दिनु भएको थियो । सपथग्रहण समारोहमा राष्ट्र बैंक विराटनगर शाखाका उप–निर्देशक सृजना वास्तोला, कामु उपमहानिर्देशक खिलबहादुर श्रेष्ठ, मितेरी विकास बैंकका सिइओ तुलसीप्रसाद  वस्ती, स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
हाल मितेरी विकास बैंकका प्रदेश नं. १ मा १८ वटा शाखा कार्यालयहरु रहेका छन् । धरानमा केन्द्रीय कार्यालय रहेको बैंकको तरहरा, उर्लाबारी, झुक्का, खनार, विराटचौक, सुरुङ्गा, रमाइलो, चतरा, शनिश्चरे, पानमारा, अमरदह, गोठगाउँ, प्रकाशपुर, दुलारी लगायतका स्थानमा  शाखाहरु विस्तार भएको छ भने शाखा विस्तारलाई आगामी दिनमा समेत अगाडि बढाइने सिइओ वस्तीले बताउनुभयो । वैकले आव २०७४÷०७५ मा आÏना शेर धनीहरुलाई १७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ भने ११ करोड मुनाफा गरेको समेत जनाएको थियो ।

तपाईको प्रतिक्रिया