बालिका बलात्कारी प्रक्राउ

इटहरी÷नेपाल प्रहरीका पूर्व असई देवीबहादुर लिम्बु तीन जना बालिका बलात्कारको आरोपमा शनिवार इटहरीमा प्रक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. ३ निवासी ५० बर्षीय लिम्बुले आÏनै छरछिमेकका बालबालिकाहरुलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले प्रक्राउ गरेको हो । बालिकाका अभिभावकहरुको उजुरीको आधारमा प्रक्राउ गरिएका लिम्बुले एक ११ बर्षीया बालिकालाई विगत एक बर्षदेखि विभिन्न प्रलोभन दिएर बलात्कार गर्देै आएको इटहरी प्रहरीले जनाएको छ । लिम्बुले अन्य दुई बालिकालाई समेत पटक पटक बलात्कारको प्रयास गर्दैआएको प्रहरीले जनाएको छ ।
बालिकाका अभिभावकहरुले इलाका प्रहरी कार्यालयमा लिम्बुका विरुद्ध किटानी जाहेरी दिएपछि प्रक्राउ परेका लिम्बुले बालिकाहरुलाई भान्जी भन्दै बजार घुमाउन लैजाने, खानेकुरा किनेर दिने, पैसा दिने गरेको स्वयम् बालिकाहरुले जनाएका छन् । हाल उनलाई इलाका प्रहरी कार्यालय  इटहरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया