धरान/नेपाल विद्युत प्राधिकरण धरान शाखाका कर्मचारीहरुले शनिवार संयुक्त रुपमा वनभोज कार्यक्रमको आयोजना गरेका छन् ।
विभिन्न संघ संगठनमा आवद्ध कर्मचरीहरुले संयुक्त रुपमा वनभोज कार्यक्रम आयोजना गर्नुलाई उनीहरुले कर्मचारीबीचको एकतलाई सुदृढ र मजबुत बनाउनु नै रहेको जनाएका छन् ।
धरानका स्थानीय हरियाली समामुदायिक वनमा आयोजित वनभोजमा राजनैतिक भागवण्डाका कारण कर्मचारीहरुलाई विभिन्न गुट उपगुटमा विभाजन गरिए तापनि आफ्नो हकहितका लागि कर्मचारीहरु एक हुनुपर्नेमा वनभोजमा उपस्थित कर्मचारीहरुले जोड दिएका थिए ।
झण्डै ५६ हजार आफूहरुबीचमै संकलन गरेर आयोजना गरिएको उक्त कार्यक्रममा कर्मचारीसागै उनीहरुका
परिवार समेत उपस्थित भएका थिए ।
