अवैध सामान बरामद

झापा÷झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट प्रहरीले सोमवार राती अन्दाजी २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राती १० बजे भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध ४ पोका कपडा बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय बुझाइने उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया