अचम्मै भयो
चीनमा चाँडै नै वो आवो सम्मेलन हुँदैछ । संसारका धेरै देशका सरकार प्रमुखहरु पं्रतिनिधि भएर जाँदैछन् । तर नेपाललाई चीनले निम्ता नि गरेनछ । हैन हौ यता पनि कमाउनिस्टको सरकार छ अनि उता पनि कमाउनिष्टकै सकार छ । एउटा कमाउनिस्टले अर्को कमाउनिस्टलाई निम्ता त गर्नुपर्न हो । ए गाँठे कहाँ जन्तरे गाँठो प¥यो हँ ? नेपालका कमाउनिस्टहरु चीनका कमाउनिस्टको खुवै भजन गाउथे । खैजडी बजाएर उफ्री उफ्री नाच्थे । तर सम्मेलनमा निम्तोसम्म नगरेर नेपालको कमाउनिस्टको सरकारलाई हिस्स बूढी हरिया दाँत पो बनाइदेछन् । अब नेपालका कमाउनिस्टहरुले वातै पिच्छे चीनको प्रशंसा गर्छन् कि गर्दैनन् ? चीनको घैटोमा पनि बल्ल घाम लागेजस्तो छ । पाँचजना आओ है भनेर बोलायो भने ५० औ जना पुग्छन् । यतिमात्र कहाँ हो र ? गएपिच्छे सहयोग गर्नुप¥यो भनेर गतिलै टोकरी थाप्छन् । दिनेले नि कतिन्जेल दिनु ? उता गयो टोकरी थाप्ने यता आयो हामी कसैसँग भीम माग्दैनौ भनेर भाषन ठोक्ने । यसपालि त चीनको कमाउनिस्टले नेपालका कमाउनिस्लाई डल्लै पार्दैछन् वा †
चोथाले भाषन
गिर्जाउ पुत्री सुजोले अस्तिका दिन काठमाण्डौतिर भाषन गर्दा भनिछन् काँग्रेस बलियो भए मात्र मुलुक र राष्ट्रियता बलियो हुन्छ । ख्याल गज्ज्बको गफ गरिनन् सुजोले । हो त काँग्रेस बलियो भयो भने जर्मनदेखि आएर नेपालमा लुट्न पाइन्छ, लाउडा काण्ड, धमिजा काण्डबाट अरबौ कमाउन पाइन्छ । कल वाइपास धन चलाउन आफ्ना ज्वाईलाई इजाजत दिन पाइन्छ । मण्डिखाटार दरबार ठड्याउन पाइन्छ । यसका लागि काँग्रेस बलियो हुनैपर्छ । आज लुते काँग्रेस भे’र नै विचरी सुजोले हात बाँधेर बस्नु प¥या छ । कत्रो पीडा छ विचरीलाई सरकार नी आफनो छैन, पार्टी समेत आफ्नो पकडमा छैन । अनि अब यस्तै चोथाले भाषन गरेर दिन कटनी गर्नु परेन त ?
कम्निष्ट सिद्धिन्छ रे
हिजो आज झालेमालेका नेता बाउदेउ गौतमलाई सानो चिन्ता छैन । विचरालाई आफ्नैले चुनाउ हराइदिएर उत्तानो बनाइदिए । काम बिनाको
बेरोजगर बनाइदिए । दुई तिहाईको आफनै सरकार हुँदा नि विचराले बेरोजगर बस्नु प¥या छ । अस्तिका दिन त तिन्लाई के झोँक चलेछ कुन्नि अब पनि केही गर्न नसके कम्निष्ट सदाका लागि समाप्त हुन्छ भनेर भाषन ठोक्देछन् । कहिलेकाहीँ त बाउदेउ गतिलै गफ गर्छन् । तर तिनले एउटा कुराचाहिँ बुझ्या रै’नछन् । नेपालमा कमाउनिस्टको सरकारले केही गर्न सकेन भनेर तिन्ले भन्नै मिल्दैन । कम्ता काम ग¥या छ । हावाबाट विजुली निकाल्द्या छ, घर घरमा ग्याँसका पाइप हुल्देको छ । पानी जहाज चल्न चल्न आँट्या छ । रेल गुड्न खोजिरा’छ ।
बेरोजगारले धमाधम भत्ता पाउन थाल्या छन् । राष्ट्रपति डेढ अर्बको हेलिकोप्टरमा उड्छिन् १८ करोडको गाडीमा दौडिन्छिन् । यत्तिका कुरामात्र हैन वाइडवडीमा त्यत्रो कमाए, अरु अरुमा नि कमाउदैछन् । अनि वाउदेउले केही भएन भनेर फलाकेर हुन्छ ?
केचाहि“ घट्या छ ?
नेक्पा (क्रान्तिकारी माउवादी) देशभक्त गणतान्त्रिक मोर्चाका अध्येक्षे सिपी गजुरेलले भन्या हजार,लाखमा हुने गरेको भ्रष्टचार अब हाकाहाकी करोड र अरबमा पुग्यो रे । यो त वहुत खुशीको कुरा हो । घट्नु पो हुँदैन त बढ्नु त राम्रो कुरा हो । त्यसैमाथि दुई तिहाइको ओली बाको सरकार छ । सर्वहारा वर्गको नेता नै पर्धानमन्तरी भएसी’ वातै खलास । यस्तो महंगी बढ्या छ पहिला पहिला हजार, लाख घुस खादा कत्रा कत्रा काम हुन्थे । अब जाबो हजार र लाखले केचाहिँ आउँछ र ? करोड र अरब नखाए खाएको मज्जै आउँदैन । सबै कुराको रेट बढेसी घुसको रेट नि बढ्नु प¥यो । त्यही बुझेर सरकारले हिजो आज घुस खाने, कमिशन बजाउने कसैलाई कारबाही नै गर्दैैन । कारबाही गर्ने भए वाइडवडीमा
गर्दैनथ्यो ? मेलम्चीमा कमिशन माग्नेलाई गर्दैनथ्यो ? जे होस नेपाल सरकार घुस भ्रष्टाचार प्रकरणमा उदार भएको छ । नेपालाँ लोकतान्त्रिक गनतन्त्र जो आ’छ । त्यसै पशुपति शर्माले गीत गाएर हिट भा’ हुन त ?
नेतृत्व लिन तयार रे
नेप्लिज काँग्रेसका रामचन्द्र बाजे कहिल्यै नसुध्रिने भए वा † बाजे जहिल्यै पनि नेतृत्व लिन अग्रसर हुन्छन् । तर लास्टाँ हातालागी शून्य । पहिला पर्धानमन्तरी हुनलाई १८ पटक सम्म संसदमा लडे । गोडातीनेक बर्ष अगडि पार्टीको सभापति बन्न पनि त्यस्तै गरे । विचरा नेतृत्व लिन साह«ै मेहनत गर्छन् । हैन हौ भगवानले नि कसैका निधाराँ पिचिरी लेख्द्या हुन्छ कि क्या हो । कि बाजेले तरिका नजानेका हुन् कि ? चुनाउ भन्नासाथ माल खर्च गर्नुपर्छ, ख्वाइपियाई गर्नुपर्छ । बाजे यस्ता काम केही गदैनन् । माल जति इँजारमा कसेर राख्छन् । अबका कार्जेकर्ता भन्या जता मल्खु तै ढल्कु त हुन् । सुख्खामा कार्जकर्ताले पत्याउँदैनन् । एक बर्ष पछि पार्टीको चुनाउ होला होला जस्तो छ । बाजे चाहिँ अहिल्यैदेखि नेतृत्व लिन तयार छु भन्दै हिड्या छन् । नेतृत्व लिन को तयार हुँदैन ? त्यसका लागि अहिल्यैदेखि व्यवस्था गरेर भाते कार्जेकर्ता उफार्नु प¥यो नि । खै जान्या बाजेले ?
फेरि हावा हान्देछन्
हाम्रा पर्धानमन्तरीले हावा गफ दिन चाहिँ गिनिज बुकमै नाम लेखाउने भए । हावा गफ पनि कति आको हौ ? अस्तिका दिन बुटवलतिर पुगेर दह«ै हावा गफ हानेर विश्वलाई आश्चर्यचकित बनाइद्या छन् । खप्रओले नेपालाँ गरेको विकास भन्दा नि हावाको विकास देखेर विश्वचकित भा’छ । मेड इन इण्डियालाई मेड इन चाइना बनाउने खुबी भा’ प्रर्धानमन्तरी हुन खप्रओ वा । बुटवलतिर पुगेर भन्देछन् अब २०८० सम्ममा नेपालका सबै सडक अन्डरग्राउन्ड हुन्छ । अम्रिकाले नि अन्डरग्राउड सडक मार्ग बनाउन सक्या छैन । कमसेकम नेपालले अब गरेर देखाउने भयो । हुन त ओली बाले त्यसै भन्या होइन समृद्ध नेपाल सुखी नेपाली, खप्रओ बासँग त्यस्ता कैयौ आइडिया छन् उनले बोल्या कुरामा सबैले विश्वास गर्दैनन् । कसैले बोलेर देखाउँछ, कसैले गरेर देखाउँछ । अब अण्डर ग्राउन्ड सडक बन्छ अनि विश्वास नगर्नेहरुले जिब्रो टोक्छन् । अहिले खिसी गरेर हाँसून ? पछि थाहा पाउलाउ ?
अघिपछि अघिपछि
सतिले सराप्या देश हो नेपाल भनेर किन भन्या होला भनेर घण्टाघरको खोपडीमा कहिलेकाँही विभिन्न
कुराहरु खेल्थ्यो । तर अहिले आएर बल्ल घैँटामा घाम लाग्या छ । अब हेरम न नेकपा भन्ने दुईवटा पार्टी छन् नेपालाँ । एउटा पार्टी विप्लवले चलाएका छन््, अर्को पार्टीचाहिँ पर्धानमन्तरी खप्रओ वाले हल्लाएका छन् । एउटै नाम भए पनि पार्टीको कामचाहिँ फरक फरक छन् । अब हेरम न विप्लवले भ्रष्टहरुलाई नछोड्ने भनेर फलाक्दै आएको छ । भ्रष्टाचारीको पछि लाग्या छ । पर्धानमन्तरीले हल्लाएको पार्टीचाहिँ विप्लवको पछाडि लाग्या छ । दनादन भ्रष्टाचारीलाई कारबाही गर्न दिनु नि विप्लवलाई । विप्लवले कारबाही गर्दे भने अख्तियार, सम्पत्ति सुद्धिकरण सबै बेरोजगार हुने चिन्ता होला हाम्रा पर्धानमन्तरीलाई ।
अन्तेमा
सर्कारले अन्तर्राष्ट्रिय विमान स्थलमा अस्तिका दिन एक्स–रे मेशिन राखेछ । अबचाहिँ सुन बुढाहरुका दिन सिद्धिए भनेर घण्टाघर गजक्क प¥या थ्यो । त एक्स–रेको काम गराई देखेसी’ खग्रङ्ग भयो । क्या गजबको एक्स–रे मेसिन ल्याएछन् । झोलामा भएको विदेशी ब्राण्डका प्यान्थर चुरोट, रक्सी, पैसा, लत्ता कपडा एक्स–रे मेशिनले देख्ने तर सुनका ढिक्काचाहिँ देख्दै नदेख्ने ? पक्कै एक्स–रे मेसिन नि सुन तस्करहरुले नै सर्कारलाई उपहार द्या हुनुपर्छ । अब यात्रीहरुको झोला झ्याम्टा खोतलखातल गर्न पाइदैन भनेर चौतर्फी आवाज उठेसी सरकारले एक्स–रे मेसिन ल्याथ्यो । त्यो नि सुनचाहिँ नदेख्ने तर अरु सबै देख्ने अचम्मको फेला परेछ ।

