इनरुवा÷इनरुवा नगरपालिका वडा नं २ स्थित मुस्लिम अगुवाहरुले सञ्चालन गरेको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्टले अनाथ, अपांगता भएका, आर्थिक अवस्था कमजोर भएका विद्यार्थी, विपन्न परिवारका २ सय १८ जनालाई एक समारोहबीच आर्थिक सहयोग प्रदान गरेको छ ।
ट्रष्टले कतार च्यारिटी नेपालको सहयोगमा अनाथहरुलाई ३१ हजार २ सय, अपंगाता भएकाहरुलाई ३९ हजार ६ सय, गरिब विद्यार्थीहरुलाई ३१ हजार २ सय, विपन्न परिवारलाई ४५ हजार, परिचालकहरुलाई ४८ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष मौलाना हारुल खान मजहरी, कतार च्यारेटी नेपालका कार्यक्रम अधिकृत जियाउल रहमान खान र कार्यक्रम संयोजक हसरद हुसैनले संयुक्त रुपमा आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । प्रदेश नं. १ को झापा, मोरङ्ग, सुनसरी, प्रदेश नं. २ को सप्तरी, सिराहा सम्मका अपांग, विद्यार्थी, विपन्न परिवारहरुले आर्थिक सहयोग प्राप्त गरेको र आगामी दिनमा यसलाई अझ व्यापक बनाउदै लैजाने आयोजकले जनाएको छ ।
