धरान÷ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई मन्त्रिपरिषदको निर्णयले बर्खास्त गरेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका उच्च पदाधिकारीहरुसंग भेटघाट छलफल गर्नुभएको छ ।
छलफलका क्रममा मन्त्री यादवले उपकुलपति प्रा.डा. रौनियारले प्रतिष्ठानमा भ्रष्टचार गरेको, प्रतिष्ठानलाई अस्तव्यस्त बनाएको लगायतका कुरा सिनेट बैठकले ठहर गरी प्रधानमन्त्री समक्ष सिफारिस गरेपछि मन्त्रालयले नै उहालाई बर्खास्त गरेको बताउनु भएको छ ।
उहाले बर्खास्त पछि प्रतिष्ठानको अस्तव्यस्तता हटाउन प्रतिष्ठानको उपकुलपतिमा चाडै योग्य व्यक्ति नियुक्ति गर्ने जानकारी दिदै यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समिति गठन गरेर प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
स्वास्थ्य सचिव चन्द्र घिमिरृका साथ बीपी पुग्न भएका मन्त्री यादवले प्रीतष्ठानलाई विगतको जस्तो अस्तव्यस्त नबनाउन सरकारले योग्य, क्षमतावान व्यक्ति प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति गरिने प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुलाई आश्वस्त हुन समेत आग्रह गर्नुभयो ।
सो अवसरमा कर्मचारी कल्याण समाजले भने उपकुलपति नियुक्तिमा अहिलेदेखि नै चलखेल शुरु भएको बताउदै अब भने निस्वार्थ,
राजनीतिक आवरण नभिरेको, दक्ष व्यक्ति प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति हुनुपर्ने माग राखेका थिए । समाजमा अध्यक्ष सुजेन्द्र तामाङले आर्थिक चलखेल र राजनीतिक आस्थाको आधारमा नियुक्ती गरिदा प्रतिष्ठानको अहिले यस्तो हविगत भएको बताउदै अब सरकार यसमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो ।
