आगलागीबाट तेह्रथुममा साढे १० लाख बराबरको क्षति

तेह्रथुम÷तेह्रथुमको लालीगुँरास नगरपालिका–६ सल्लेरी सामुदायिक बनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा अन्दाजी साढे १० लाख मूल्य बराबरको क्षति भएको छ । शनिवार अपरान्ह ४ बजे बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गाबहादुर कार्कीको ढुंगा,माटोले बनेको फुसको छानो भएका े१तलेघर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेका ेअन्नपात, भाडावर्तन, नगद २० हजार जलेर नष्ट हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसैगरी टंकबहादुर खड्काको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, गाईगोठ, घर भित्र रहेको सम्पूर्ण सर–सामान र नगद ३ लाख जलेर नष्ट सहित अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उक्त स्थानमा प्रहरी चौकी लसुनेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया