खोटाङ÷खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा शनिवार भालुको आक्रमणबाट १ जना घाइते भएका छन् । भालुको आक्रमणमा परि सोही स्थान बस्ने बर्ष ३३ को दिनेश गिरी घाइते भएका हुन् । गिरीलाई दिउँसो १२ बजे कोप्चे सामुदायिक वनमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट घाइते गिरीको जिल्ला अस्पताल दिक्तेल पठाईएकोमा थप उपचारको लागि काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
